मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, एक घाइते

फिचर मुख्य खबर

लमही, १७ भदौ ।
मोटरसाइकल दुर्घटनामा परी दुईजना युवाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही–भालुबाङ सडक खण्डको पिपरीमा सोमबार बेलुका उक्त दुर्घटना भएको हो ।
ट्रकले मोटरसाईकललाई ठक्कर दिदा दुईजना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा रा ३ प २०६१ नम्बरको मोटरसाईकलमा सवार घोराही उपमहानरपालिका वडा नं. १५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र चालक लमही नगरपालिका वडा नं. ४ निवासी २७ वर्षीय विनायक चौधरी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
गम्भीर घाइते दुबै जनालाई लमही अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त दुर्घटनामा परी लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीका २८ वर्षीय दिपक मरासिनी गम्भीर घाइते भएका छन् । घाइते मरासनीलाई स्थानीय मेडिकलमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।
दुबैजनालाई अस्पताल पु¥याए लगत्तै बेलुका पौने ९ बजेतिर उनीहरुको मृत्यु भएको थियो । भालुवाङबाट पश्चिम लमहीतर्फ आउँदै गरेको लु १९ प ५५०६ नम्बरको मोटरसाईकल र लमहीबाट पूर्व भालुवाङतर्फ जाँदै गरेको रा ३ प २०६१ नम्बर एक आपसमा ठोक्किएपछि मोटरसाईकललाई तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *