- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeखेलकुदमेयर कप बिजेता खेलाडीलाई सम्मान

मेयर कप बिजेता खेलाडीलाई सम्मान

- Advertisement -spot_img

घोराही, ३ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १३ ले मेयर कप रनिङ फुटबल प्रतियोगितामा सहभागी भएका खेलाडीलाई सम्मान गरेको छ । वडा कार्यालयले शुक्रबार बाह्रकुने दह क्षेत्रमा औपचारिक कार्यक्रम गरी नगदसहित सम्मान गरेको हो ।
माघ महिनामा सञ्चालन भएको दोस्रो मेयर कप रनिङ फुटबल प्रतियोगितामा वडा नम्बर १३ विजयी भएको थियो । खेलमा सहभागी भएर वडालाई विजयी बनाउने खेलाडीलाई सम्मान गरिएको हो । वडा अध्यक्ष रविलाल घर्ती मगरको अध्यक्षता तथा नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले स्थानीय तहले खेलाडी उत्पादन तथा प्रोत्साहनका लागि हरेक बर्ष मेयर कप रनिङ फुटबल प्रतियोगिता गरिने बताए । कार्यक्रममा वडा अध्यक्षहरु विष्णुमणि दाहाल, नगरका ईञ्जिनियर रामधन श्रेष्ठ, फिफा रेफ्रि देवनारायण दाहाल, वडा सदस्यहरु केशव गिरी, हरिहबहादुर घर्तीलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here