Thursday, April 18, 2024
Homeसमाजमृगौला पीडितलाई सहयोग

मृगौला पीडितलाई सहयोग

- Advertisement -spot_img

तुलसीपुर, २९ पुस । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ इकाई समितिले मृगौला पीडित सुनिता सापकोटालाई एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको छ । रकम हस्तान्तरण कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा रहेका अशक्त, असहाय दीर्घ रोगबाट पीडितहरुलाई सहयोग पुग्ने गरी राज्यद्वारा निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने बताएका थिए । विश्वमा नसर्ने रोगको महामारी नै भएको अवस्थामा गरिब विपन्न सबैभन्दा बढी यस्ताखाले रोगबाट पीडित भएको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा स्वास्थ्य नैसर्गिक अधिकार भएकाले राज्य गम्भीर बन्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ बस्ने सुनिता सापकोटा हाल मृगौलाको समस्याका कारण काठमाडाँैमा उपचार गराई रहेकी छन् । आर्थिक अवस्था कमजोर रहेकी सापकोटालाई नेपाली काँग्रेसका सक्रिय सदस्य एवं शुभ चिन्तकबाट संकलित रकम १८ हजार दुई सय पचपन्न सहयोग स्वरुप हस्तान्तरण गरिएको थियो । नेपाली काँगे्रस तुलसीपुर ८ का इकाई सभापति लिलामणि गौतमको सभापतित्व एवं क्षेत्रीय प्रतिनिधि जीतबहादुर केसीको प्रमुख आतिथ्यतामा रकम हस्तान्तरण कार्यक्रम भएको थियो । कार्यक्रममा दशरथ वली, दुर्गाप्रसाद कडेल, नारायण बस्याल, दीनानाथ भट्टराई, चूडामणि खरेल, फर्साराम भण्डारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । नेपाली काँग्रेस वडा नं. ८ का इकाई उपसभापति ताराप्रसाद देवकोटाकोे स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण इकाई सचिव भूपबहादुर केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here