मृगौलापीडितलाई २७ हजार

मुख्य खबर समाज

सल्यान, ५ साउन । सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ बामे पोखरा निवासी ४० वर्षिया मृगौलापीडित बिरबल विकलाई मलेसियाबाट २७ हजार १ सय रुपैयाँ सहयोग प्राप्त भएको छ ।
बामे–३ कुमार पुनको नेतृत्वको टोलीले मलेसियास्थित सुपर फुड जेडिइ कम्पनीमा काम गर्ने साथीहरुबाट आफूले कमाएको केही पैसा उठाएर पठाएको कुमार पुनले बताएका छन् ।
गाउँघरको समाजसेवी भएको र बिगत जनयुद्ध कालमा समेत दुःख गरेको, आर्थिक अवस्था कमजोर भएकोले आफूहरुले थोरै भए पनि सहयोग गरेको पुनले बताए ।
६ महिनादेखि दुबै मृगौलापीडित भएका विक अहिले काठमाडाँैको टिचिङ हस्पिटलमा उपचार गराइरहेका छन् । दुबै मृगौला पीडित विकले आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगको लागि सबैमा याचना गरेका छन् ।
मृगौला पीडित विक तत्कालीन नेकपा माओवादी वडा नम्बर ३ बामे वडा अध्यक्षसमेत रहेका थिए । उनी २०५८ सालदेखि पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डरसमेत रहेका थिए । पीडित विकलाई केही समयमा अगाडि बनगाड कुपिण्डे नगरपालिका र अन्य व्यक्तिहरुले पनि सहयोग गरेका थिए ।
उनी तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्वमा जनमुक्ति सेनाका रुपमा कार्यरत भएका थिए । सेनामा हुँदा मुख र पिठ्युमा गोलीसमेत लागेको उनले बताए ।
विकका श्रीमती, पार्वती विक बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ की दलित महिला वडा सदस्य छिन् । उनका दुई छोरा र दुई छोरी छन् ।
हाल मजदुरी गरी घर खर्च चलाउँदै आएका उनका दुबै मृगौला फेल भएपछि आर्थिक अवस्था कमजोर बन्दै गएको बताउँदै सहयोगका लागि सबैसँग अनुरोध गरेका छन् ।
सरकारले मृगौलापीडितको डायलासिस गर्दा शुल्क नलाग्ने भनेपनि आफूले समयमै डायलासिस गर्न नपाएको दुःख व्यक्त गरेका छन् । बोल्न, हिड्न र खाना मन नलाग्ने गरेको बताउँदै समयमै उपचार गर्नका लागि सहयोग गरी दिन विभिन्न संघ संस्थाहरुलाई अनुरोध गरेका छन् ।
विकले देश विदेशमा रहेका सबैमा सहयोग गरी आफ्नो उपचारमा सहयोग गर्न याचना गरेका छन् ।
उनले आफ्नी श्रीमती पार्वती कामीको लक्ष्मी बैंक सल्लीबजारको खाता नम्बर ०६९२३००९८३० र आफ्नो मोवाईल नम्बर ९८६४९३५२७० मा सम्पर्क गरी सहयोग गरिदिन आग्रहसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *