मृगको दूध पिएर हुर्केकी रूरू कन्या

विचार

प्रदेश नम्वर ५ को गुल्मी, पाल्पा र गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको संगम स्थल रिडी रुरु कन्याको नामबाट रहन गएको हो । नेपालको चार धाममध्येको एक र नेपालको बनारस भनेर चिनिने रुरु क्षेत्र तीर्थाटन पर्यटकीय गन्तब्य पनि हो ।
रुरु क्षेत्र धार्मिक, ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक महङ्खवको धरोहर मानिन्छ । रुरु अर्थात् रिडीमा पितृमोक्षका लागि अन्तिम सस्कार, श्राद्धजस्ता कार्यमात्र होइन विवाह, ब्रतवन्धजस्ता शुभ कार्य पनि हुने गर्दछ । रुरु क्षेत्रमा मृतकहरुको अस्तु सेलाउन पनि मानिसहरु पुग्दछन् । देवदत्त ऋषिले र रुरु कन्याले तपस्या गरेको स्थल हो रुरु क्षेत्र । संस्कृत भाषामा मृगलाई रुरु भनिन्छ । मृगले दूध खुवाएर हुर्काएको कन्या भएको हुनाले उनै कन्याको नामबाट रुरु क्षेत्र नाम रहन गएको हो ।
रिडीमा मणिमुकुन्द सेनद्वारा प्रतिस्थापित ऐतिहासिक ऋषिकेश मन्दिर छ । बाइसे र चौबिसे राज्यहरु रहेको बेलामा पाल्पामा सेन राजाहरुको राज्य थियो । राजा मणिमुकुन्दले वि.स.१५७५ मा बनाएको ऋषिकेश मन्दिरमा हरिबोदनी एकादशीको भोलिपल्ट रथ यात्रा निकालिने परम्परा छ ।
भगवान नारायणको रुपमा लिइने ऋषिकेश मन्दिरमा कालीगण्डकी नदीमा स्नान गरी दर्शन गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । १६औं शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकी नदीमा स्नान गर्दा ऋषिकेश शिलाले निधारमा ठोकियो ।

त्यसैदिन राती सपनामा स्नान गर्दा ठोकिएको शिला मेरो हो । म विष्णु भगवान हो । मलाई कालीगण्डकी आसपासमै मन्दिर बनाएर राख र सेवा गर भनेपछि मणिमुकुन्द सेनले भेटिएको शिला अर्थात् मूर्तिलाई कालिगण्डकी र रिडी खोलाको संगम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका हुन । पाचँसय वर्ष पुरानो ऋषिकेश मन्दिरमा पष्लप अर्घेलीका भट्टराई वंशले पूजा चलाउँदै आएका छन् ।
रिडीमा रिडी खोला र कालीगण्डकी मिसिएको छ । कालीगण्डकी र रिडी खोलाको दोभान नै रिडी अर्थात् रुरु क्षेत्र भनिन्छ । रुरु क्षेत्रमा अर्घली, कुसेनी, सत्यवती, रुद्रवेणी, अस्लेवा र वेनी गाउँहरु पर्दछन् । रिडी अथवा रुरु क्षेत्रको महिमा हिमवतखण्ड र वराह पुराणमा पाइन्छ । विष्णुको स्वरुप शालिग्राम पाइने हुनाले रुरु क्षेत्रको विशेष महङ्खव रहेको छ ।
रिडीमा ऋषिकेशको मन्दिर र अन्य देवी देवताका मठमन्दिर र मूर्तिहरु छन् । सबै मन्दिरमध्ये ऋषिकेशको मूर्ति सबैभन्दा महङ्खवपूर्ण मानिन्छ । ऋषिकेशको मन्दिरलाई वि.सं.१८१९ सालमा रणदत्त पाण्डेले पुनर्निर्माण गराएका थिए । त्यहाँ राधाकृष्ण, विष्णु, राम, हनुमानलगायतका थुपै्र देवीदेवताका मूर्ति र मन्दिरहरुसमेत छन् ।
रिडी क्षेत्रका बारेमा प्रचलित किंवदन्ती अनुसार, विष्णुले वृन्दाको सतित्व नष्ट गरेकाले स्वर्गमा तारकासुरको मृत्यु भएको थियो । त्यसबाट दुःखित भएकी वृन्दाले विष्णुलाई पत्थर भएर बस्नुपर्ने श्राप दिएपछि विष्णु शालिग्रामका रुपमा रुरुमा बसेका हुन् । त्यसैगरी देवदत्त ऋषिको तपस्याबाट डराएर इन्द्रले पठाएकी अप्सराको गर्भबाट जन्मेकी रुरु कन्याको कथा पनि यस क्षेत्रसँग जोडिएको छ । रुरु कन्याको मूर्ति ऋषिकेशको मूर्तिको सामुन्ने स्थापित छ ।
रुरु क्षेत्रमा कालिगण्डकीमा स्नान गर्ने र ऋषिकेश मन्दिर, देवदत्त ऋषि तथा रुरु कन्या मूर्तिमा पूजाआजा गरेमा मोक्ष प्राप्ति हुने विश्वासले तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन् । माघे संक्रान्तिमा मेला लाग्ने रुरु क्षेत्रमा देवदत्त ऋषिले तपस्या गरेर रुरु कन्याको जन्म भएको र ती कन्यालाई मृृगहरुले दूध खुवाई हुर्काएको र विष्णुले चतुर्वाहु रुप लिएका थिए ।
रुरु क्षेत्रमा प्राचीन ऋषिकेश मन्दिर, भृगुतुङ्गेश्वर महादेवको गुफा, अचम्मेश्वर, रुरु कन्या मन्दिर अर्थात् गलफूल गुफा, यज्ञमुक्तेश्वर महादेव, रुद्रवेणी, मणिमुकुन्देश्वर महादेव, कञ्चनेश्वर महादेव, लक्ष्मीनारायण मन्दिर, राम जानकी मन्दिर, रुरु कन्याले तपस्या गरेको गुफा, भीमसेन थापाद्वारा आफ्नी आमाको स्मृतिमा बनाएको पौवालगायतका ऐतिहासिक धार्मिकस्थल रिडीमा रहेको छ ।

रुरु क्षेत्र धार्मिक, ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक महत्वको धरोहर मानिन्छ । रुरु अर्थात् रिडीमा पितृमोक्षका लागि अन्तिम सस्कार, श्राद्धजस्ता कार्यमात्र होइन विवाह, ब्रतवन्धजस्ता शुभ कार्य पनि हुने गर्दछ । रुरु क्षेत्रमा मृतकहरुको अस्तु सेलाउन पनि मानिसहरु पुग्दछन् । देवदत्त ऋषिले र रुरु कन्याले तपस्या गरेको स्थल हो रुरु क्षेत्र । संस्कृत भाषामा मृगलाई रुरु भनिन्छ । मृगले दूध खुवाएर हुर्काएको कन्या भएको हुनाले उनै कन्याको नामबाट रुरु क्षेत्र नाम रहन गएको हो ।

माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति दिन बिहानैदेखि कालीगण्डकीमा स्नान गरी ऋषिकेश मन्दिरमा पूजाअर्चना गर्ने तीर्थाटन पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । कालीगण्डकीमा स्नान गरी ऋषिकेशको दर्शन गर्दा चारधाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वास तीर्थाटनका पर्यटकहरुमा छ । रिडीमा स्नान गर्न नेपालका विभिन्न जिल्लाका मात्र होइन भारतका विभिन्न स्थानबाट समेत तीर्थाटनका पर्यटकहरु रिडीमा पुग्ने गर्दछन् ।
माघे संक्रान्ति मेला रिडी अर्थात् रुरु क्षेत्रमा अहिले पाँच दिन मेला लाग्ने गर्दछ । रिडिमा माघेसंक्रान्ति बाहेक बैशाखे संक्रान्ति, हरिबोधनी एकादशीलगायतका विभिन्न पर्वमा समेत स्नान गन तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन् ।
रिडीको नामाङ्कन बारेमा धेरै मतभेद रहेको छ । रुरु अर्थात् मृगले देवदत्त ऋषिको पुत्रीलाई स्तनपान गराई हुर्काएको कारणले तिनलाई रुरु कन्या भनियो । पछि तिनै कन्याले कठोर तपस्या गरी मुक्ति पाएकोले तिनै कन्याको नामबाट रुरु क्षेत्र भनियो ।
रिडी क्षेत्रको रुरु क्षेत्र भन्ने शब्द अपभ्रंश भई रिडी क्षेत्र बन्न गएको पनि तर्क छ । त्यसैगरी धार्मिक मान्यता अनुसार मानिस जन्मदै तीनवटा ऋण अर्थात् देव ऋण, पित्री ऋण र ऋषि ऋण लिएर आएको हुन्छ । हिमालयदेखि बग्दै आएको कालीगण्डकी रुरु क्षेत्रमा जुन मानिसले स्नान गर्छ त्यसको पाप पखालिन्छ भन्ने मान्यता रहेकोले यो स्थानलाई ऋणी भनिन थालियो ।
पछि ऋणी भन्ने शब्द अपभ्रश भई रिडी बन्न गएको भन्ने धारणा पनि छ । त्यस्तै अर्को मान्यता अनुसार रिडी भन्ने शब्द मगर भाषाबाट आएको हो । खाम मगर भाषामा रि भनेको पानी र ढूट मगर भाषामा डी को अर्थ पनि पानी भन्ने हुन्छ ।
यस अर्थमा अठार मगरात र बाह्र मगरातको सीमाना छुट्याउने पानीलाई रिडी भनिएको हो । अर्को अर्थमा मगर भाषामा री भन्नाले कालो तथा डी भन्नाले पानी भन्ने अर्थ लाग्छ । अर्थात कालोपानी बग्ने क्षेत्र कालीगण्डकी भएकोले यसलाई रिडी भनिएको हो भन्ने तर्क पनि छ ।
रिडी नजिकै उत्तर पट्टी भृगुतुंग नामक गुफा रहेको छ । भृगुतुंग गुफामा भगवान शिवले सतीदेवीका शव बोकेर भ्रमण गर्दै जादा उपल्लो दाँत पतन भएको मान्यता रहेको छ । जुन श्रीस्वस्थानी महात्यम्यमा ब्याख्या गरिएको छ । त्यस ठाउँमा खासगरी माघे सक्रान्ती र शिवरात्रीमामा तीर्थाटन पर्यटकहरुको भिड हुने गर्दछ । भृगुतुंग नामक गुफा स्याङ्जा जिल्लामा पर्दछ ।
रिडीमा जाने तीर्थाटनका पर्यटक गुल्मी जिल्लाको थोर्गातर्फको भागमा रहेको गलफूलगुफा पनि पुग्दछन् । गलफूलगुफा रिडी बजारबाट पाचँसय मिटर माथि रहेको छ । रुरु क्षेत्रमा साना ठूला गरेर १ सयभन्दा बढी मन्दिर र केही गुफा पनि छन् ।
जहाँ दैनिक पूजाआजा गरिन्छ । माघे संक्रान्तिको पाँच दिनसम्म सञ्चालन हुने रिडी मेलामा विशेषगरी स्थानीय ग्रामीण क्षेत्रबाट उत्पादन गरिएको गुण किन्न पाइन्छ । रिडीको पहिचान बन्दै थोर्गेली चाकु (गुण) को लागि पनि प्रसिद्ध रहेको छ ।
रिडीको थोर्गामा बन्ने यो चाकु देश तथा विदेशका विभिन्न स्थानहरुमा निर्यात हुने गरेको छ । यो बाहेक रुकुम र बाग्लुङ जिल्लाबाट आएको कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रीहरु,ओखरका घाँजीलगायतका वस्तुहरु किन्न सकिन्छ ।
कालीगण्डकीको तटमा रहेको रिडी बजार २०१८ सालमा आएको भिषण बाढीले पूरै ध्वस्त बनाएको थियो । त्यसबेला रिडीका ऐतिहासिक धार्मिक महङ्खवका सम्पदाहरु र ठूलो धनजनको क्षति भएको थियो ।
विनासपछि बनेको घरहरु, मन्दिर, पाटी, पौवा र बगैचाहरुले रिडीलाई सौन्र्दयता दिन थालेको छ । कालिगण्डकी जलविद्युत परियोजनाले मिर्मीबाट टनेल गराएर गण्डकीको पानीबाट विद्युत उत्पादन गर्न थालेपछि रिडीमा गण्डकीको पानी कम हुने र तीर्थाटन पर्यटकहरुलाई स्नान गर्न रुद्रवेनीदेखि बग्दै आउने वेनी र रिडी खोलाको पानीले मात्र स्नान गर्न पर्दथ्यो ।
अहिले रुरु गाउँपालिकाले कालिगण्डकीलाई जलाशय निर्माण गर्ने योजना ल्याएको छ । योजना सम्पन्न भएपछि रिडीमा तीर्थाटनका पर्यटक मात्र होइन जलाशयका रमाउने अन्य पर्यटकहरुको समेत गन्तब्य हुनेछ ।
रुरु क्षेत्र तीर्थाटन गरेपछि धेरै पर्यटकहरु गुल्मीको रेसुङा पुग्ने गर्दछन् । स्वामी शशिधर, लक्ष्मीनारायण तथा यदुकानन्दको तपोभूमि रेसुङगामा धार्मीक मठ मन्दिरहरु, प्यागोडा शैलीमा निर्माण गरिएको यज्ञशाला, होमकुण्ड, शिवलिङ्गजस्ता धार्मिकस्थलले पर्यटकहरु रमाउँछन ।
रेसुङ्गाको परिसरबाट तीर्थाटनमा गएका पर्यटकहरुको मोवाइल क्यामेरा क्लिक… क्लिक… हुन थाल्दछ । तम्घास बजारको शिरमा रहेको रेसुङ्गाबाट गुल्मी जिल्लाको मात्र होइन पाल्पा, स्याङ्जा र अर्घाखाँची जिल्लाको विभिन्न ऐतिहासिक सम्पदा र प्राकृतिक स्थलहरुको अवलोकन गर्न सकिन्छ । यो अवलोकनबाट पर्यटकहरु खुशी हुन्छन । रेसुङ्गा परिसरबाट धौलागिरी, निलगिरी, माछापुञ्छेलगायत १५ भन्दा धेरै हिमाल एवं रमणीय हिम श्रृखंलाहरु दृष्यावलोकन गर्न सकिन्छ ।
पर्यटकले आफ्नो भ्रमण अवधि लम्बाउन सके गुल्मीमा भ्रमण अवलोकन गर्ने स्थल धेरै छन् । ऐतिहासिक चारपाला दरबार, अर्याल ब्राह्मणहरुको इश्मा राज्य, हाल ईश्वरी देवीको नामबाट चिनिने गुल्मी चारपालाको सराय नाच पनि पर्यटकहरुले देख्न सक्दछन् ।
तर सराय नाच हेर्न भने दशैपछि पुग्नु पर्दछ । तरेली परेका डाँडाकाँडा ज्योतिष शिक्षाको उद्गमस्थल धुर्केटगाउँ, थाप्लेको लेख, मदानेको लेख, लुम्पेकको लेक, वामीको लेक, अग्लुङको लेक, रानीवन, सिद्धबाबाको डाँडाजस्ता अनगिन्ती पहाडले सजाएको प्राकृतिक सजावट पनि पर्यटकहरुले देख्न सक्दछन् । गुल्मी ऐतिहासिक एवं पुराताङ्खिवक एवं पवित्र धार्मिकस्थल र संस्कृतिको धनी छ ।
पछिल्लो समयमा धेरै गाउँमा ग्रामीण विकासका आधारभूत पूर्वाधार बनिसकेको छ । लिच्छवीकालीन समयदेखि नै बनेका ऐतिहासिक स्थल, रेसुङ्गा, श्रृङ्गा र रिडीजस्ता धार्मिक तपोभूमि, चारपाला, धुर्कोट, मुसिकोट र चन्द्रकोट इस्माको ऐतिहासिक दरवार, जयखानी, कालीका स्थान, लिम्घा सत्यवती, दिगाम, वलेटक्सार, रुद्रवेनी, द्रिरुङजस्ता ऐतिहासिक धार्मिकस्थलहरु गुल्मी पुग्ने पर्यटकहरुलाई अध्ययन अवलोकन गर्ने गन्तब्य बनेको छ ।
माघे संक्रान्तिको मुख्य विशेषता बनेको छ स्नान । सक्रान्तिको दिन बिहानै उठेर पवित्र जलाशय गएर स्नान गर्ने प्रचलन छ । धेरै तीर्थाटनका पर्यटकहरु स्नान गर्नका लागि पवित्र कालिगण्डकी रोजाइमा पर्दछ । कालिगण्डकीमा दुर्लभ शालिग्राम पाइने र मुक्तिनाथदेखि देवघाटसम्मका कालिनदीको घाटमा तीर्थाटनका पर्यटक स्नान गर्न रमाउँछन् ।
कालीगण्डकी नदी धार्मिक र साँस्कृतिक मात्र नभई पर्यटकीय महङ्खवसमेत रहेको छ । मुस्ताङको दामोदर कुण्डबाट बग्दै आउने मुस्ताङ खोला र मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने कागखोला कागबेनीमा मिसिन्छ ।
त्यसपछि नदीलाई कालीगण्डकी भनिन्छ । म्याग्दीको गलेश्वरमा राहुघाट पर्वतको कुश्मा नजिकै मोदीघाट, जैमिनी घाट, एशियाकै ठूलो शालिग्राम शिला रहेको दक्षिण पर्वतको सेतीवेणी, रुद्रवेनी, रिडी, रानीदरबार, राम्दी, हुगी, केलादी, घुमाउरी घाट र देवघाटमा समेत माघे सक्रान्तिमा धेरै तीर्थाटनका पर्यटकहरु स्नान गर्न पुग्दछन् ।
माघे सक्रान्ति सक्रान्ति तीर्थाटन पर्यटकहरुको लागि रमाउने पर्व हो । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने र उत्तरायण प्रारम्भ हुने यो दिन धार्मिक हिसावले महङ्खवपूर्ण पर्व मानिन्छ ।
यसै दिनदेखि सूर्य क्रमशः दक्षिणबाट उत्तरतिर सर्दै जाने र रातभन्दा दिन लामो हुँदै जानेक्रम शुरु हुन्छ । मकर सक्रान्तिदेखि दिन बढ्दै जान्छ र ग्रीष्म ऋतुको आगमन हुन्छ । विशेष गरी घ्यू, चाकु, तिल, काँचो अदुवाको स–साना टुक्रा, तरुल र मासका विभिन्न खाद्य परिकारका खाने पर्वको रुपमा माघे सक्रान्तिलाई लिने गरिन्छ ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन २० लाख विदेशी पर्यटक नेपालमा भिÏयाउने लक्ष्य राखेको छ । पर्यटकहरुका लागि यो बर्ष ७७ वटै जिल्लाका विभिन्न नयाँ स्थानलाई नयाँ पर्यटकीयस्थल तोकेको छ ।
तर रुरु क्षेत्र भने सरकारको दृष्टिकोकोणमा पर्यटकीयस्थल बनेन् । रिडीजस्तो पौराणिक इतिहास बोकेको धार्मिकस्थललाई पर्यटनको दृष्टिकोणमा स्थलको छनौटभित्र नपर्दा पर्यटनको क्षेत्रमा रिडी पछाडी पारिएको छ ।
अर्कोतर्फ नेपालमै नमुनाको रुपमा रिडीमा बन्न लागेको तीनमुखे झुलुङ्गे पुल आजसम्म बन्न सकेको छैन । गुल्मी, पाल्पा र स्याङ्जा जोडने पुलका तीनवटै मुख मोटरबाटोको नजिकै रहने नक्सामा उल्लेख छ । तीन जिल्लालाई जोड्ने कालीगण्डकीको रिडीमा निर्माण हुन लागेको तीनमुखे पुलको निर्माण सम्पन्न भएपछि तीर्थाटन पर्यटकहरुलाई थप सुविधा हुनेछ ।
प्रदेश नम्वर ५ को मुख्य व्यापारिक केन्द्र बुटवलदेखि करिब ७० किलोमिटर उत्तरमा र तानसेनबाट ३० रुरु क्षेत्र र त्यहाँबाट ४५ किमी पार गरेपछि गुल्मीको सदरमुकाम तम्घास पुगिन्छ । पर्यटकहरुको लागि खाना बस्न कुनै असुविधा छैन ।
पर्यटकहरुका लागि पर्याप्त होटलहरु बाटोमा भेटिन्छन् । यातायात खर्चबाहेक दैनिक एक हजार रुपैयाँ भए गुल्मीका ग्रामीण बस्तीहरु अध्ययन अवलोकन गर्न सकिन्छ । एकपटक घुम्नको लागि गुल्मी जाने हो की ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *