मुस्लिम संघद्वारा फलफुल वितरण

फिचर मुख्य खबर

तुलसीपुर, २५ भदौ । विपी जयन्तीको अवसरमा नेपाल मुस्लिम संघ तुलसीपुरले बिरामीलाई फलफुल वितरण गरेको छ । संघले मंगलबार तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको हो ।
संघका अध्यक्ष तस्वीर अलि हाजिफीको अध्यक्षता तथा नेपाली काँग्रेस जिल्ला सभापति कीर्तिबहादुर खड्काको प्रमुख आतिथ्यता एवं प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक खराल र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ अध्यक्ष वीरेन्द्र शाहको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सभापति खड्काले विपी जयन्तीको अवसरमा संघले फलफुल वितरण गर्नु प्रशंसनीय काम भएको बताए । फलफुल वितरणमा मुस्लिम संघका पदाधिकारी, काँगेसका जिल्ला तथा स्थानीयस्तरका नेतृत्वको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका सचिव झलक केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *