- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरमुआब्जाको बारेमा ध्यानाकर्षण

मुआब्जाको बारेमा ध्यानाकर्षण

- Advertisement -spot_img

घोराही, २९ कार्तिक । नेपाली काँग्रेस क्षेत्र नं. १ लमही कोइलावास हुलाकी सडकको मुआब्जाको बारेमा ध्यानाकर्षण गराएको छ । लमही नगरपालिका वडा नं. ४ सेम्रहवामा मुआब्जा निर्धारण गर्दा विभेदपूर्ण तरिकाले निर्धारण गरिएको ठहर गर्दै त्यसलाई सच्याउनको लागि जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको हो ।
नेपाली काँग्रेस क्षेत्र नं १ को अगुवाईमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई लमही–कोइलावास सडकको सुहाउँदो न्यायपूर्ण तरिकाले मुआब्जा वितरण गर्न अनुरोध गरेका थिए । लमही–कोइलावास हुलाकी सडकको मुआब्जाको सम्बन्धमा विभिन्न विषयमा छलफल गरेर प्रमुख जिल्ला अधिकारी रिजाललाई ध्यानाकर्षण गराइएको निर्वाचन क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पहिलेदेखि नै मुआब्जा वर्गीकरण गर्दा नसुहाउने भएकाले प्रक्रिया मिलाएर समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराउन पूर्व सभासद योगेन्द्र चौधरी, नेपाली काँग्रेसका महासमिति सदस्य जानकीलाल बस्नेत, मोहन केसी, दिनेश गिरी, स्थानीय प्रेमलाल चौधरी, देशुराम चौधरी, कुसुम चौधरीलगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here