Thursday, March 28, 2024
Homeमुख्य खबरमिल व्यवसायीको दशौं साधारणसभा

मिल व्यवसायीको दशौं साधारणसभा

- Advertisement -spot_img

विजौरी, २४ चैत । दाङ देउखुरी मिल व्यवसायी समितिको दशौं वार्षिक साधारणसभा दाङको विजौरीमा शनिबार विजौरीमा सम्पन्न भएको छ । समितिका अध्यक्ष मेघराज न्यौपानेको अध्यक्षता एवं तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो ।
उक्त सभामा बोल्ने वक्ताहरुले मिल व्यवसायीहरु मर्कामा परेको भन्दै देशमा भैरहेको अस्वाभाविक विद्युत शुल्क वृद्धि, कामदारको ज्यालामा वृद्धि, मिलका पाट्सहरुको मुल्यमा वृद्धिका कारण दिन प्रतिदिन मिल व्यवसायीहरु मर्कामा परेको भन्दै गुनासो गरेका थिए ।
समितिका उपाध्यक्ष सुनिल कुमार न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा विजौरी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष नरबहादुर ढकाल, प्रहरी चौकी हेमन्तपुरका चन्द्रा केसी, सल्लाहकार खुशल खड्का, टेकबहादुर डाँगी, मिल व्यवसायी रेखा बस्नेत, उपेन्द्रबहादुर घर्तीलगायले बोलेका थिए ।
उक्त सभामा सचिव गोपाल प्रसाद उपाध्यायले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष पूर्णबहादुर बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको उक्त सभाको सहजीकरण सचिव गोपालप्रसाद उपाध्यायले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here