मिटर ब्याजको आतङ्क

विचार

वर्तमानमा समय क्रियाशील २१औँ शताव्दी पनि मध्यभागमा आईसकेको छ । यो समयसम्म आईपुग्दा समय धेरै अगाडि बढिसकेको छ । मानव समाजले धेरै फड्को मारेको छ । मानिस जीउनको लागि सीप जाँगर, मेहेनत गर्न सक्ने कोही पनि गरिब हुनुपर्दैन । पीडामा बाँच्नु पर्दैन ।
तर मानी प्रायः आफ्नै कारण (लोभ, मोह, पाप) बोक्नै नसक्ने, थाम्नै नसक्ने गरी विना गन्तव्यको यात्रा, विना बाटोको यात्रा हिड्ने कार्यमा समाजको केही पंक्ति निरन्तर लागिरहेको पाईन्छ । समाजमा धेरै प्रकारका मान्छेको बसाई छ । खान लाउन के खाऊ, के लाऊ छैन,
ऋण छैन, जताबाट पनि आर्थिक आउने धेरै बाटाहरु खुल्ला छन् । प्रायः आउछन् पनि । तर सन्तोष हुँदैनन् । आउँदै नआउने, कमाईकाज नहुने मान्छे पनि यही समाजमा हुन्छन् । मानिसको चिन्तन्, सामाजिक परिवेश, सामाजिक विकृति, देखासिकीका फोहोरीपनमा मानिस फस्ने, फसाउने प्रवृत्ति नै भएको छ ।
मानिस सप्रियो भने समाजकै नमूना बनेर हिलोमा कमलको फूल फूलेजस्तो, काँडाबीच फूलेको गुलावजस्तो संघर्षबाटै अगाडि आउने गर्छ । विकृतिरहितको सकारात्मक साेंचबाट बाहिर निस्कन सक्नु पनि असल मानिसको विजय हो । मानिसका अनगिन्ती ईच्छा चाहना हुन्छन् ।
ति चाहना पूरा गर्ने धेरै माध्यम हुन्छन् । प्रायजसो मानिसको चाहना रहर भनेको धनी बन्ने, प्रशस्त धन सम्पत्तिको मालिक बन्ने, घरभरी नोकरचाकर कजाउने, कुनै चिजको कमी नहोस् भन्ने असीमित चाहना हुन्छन् । ति ईच्छा चाहना पूरा भएको मानिस कतै भेटिएको रेकर्ड छैन होला ? मलाई सबै पुगी सरी छ । जस्ले खान्छौ, जस्तो लगाउँछौ लगाउ, खाउ भए खाने, लगाउने त हो ।
मेहनत गर्नेले मिठो फल खान पाउनु पनि मानवअधिकार हो भन्ने मानताको नाता बुझ्ने दयावान भेट्न गाह्रो छ । धन सम्पत्तिले पूर्ण हुन नसक्ने, नपुग्ने यत्ति ठूलो कपटपूर्ण, जालपूर्ण, बेईमानीग्रस्त, दया–मायाविहीन, ‘मैँ खाउ, मै लाउँ अरु सव मरुन् दुर्वलहरु’ भन्ने धारणाको विकास उत्पत्ति कहाँबाट आए होला ?
मानव जाति जब जंगली युगबाट ढुङ्गे युगमा प्रवेश गर्दा वित्तिकै आफ्नो मेरो, तेरोको भावना त्यहिँबाटै जन्म्यो । कैयाँै विद्वान, दार्शनिक, नेता नेतृत्वले भन्छन्, बोल्छन् । त्यहि अर्कालाई सिकाउँछन् । तर गौतम बुद्धको धर्म मानेर उस्तै महामानव गौतम बन्न खोज्छन् हुन सक्दैनन् । बाटो अप्ठेरो छ । त्यो स्वार्थी बाटो होइन, त्यो बाटो निस्वार्थी, तपस्वी, संघर्षशील बाटो पर्छ ।
सरल स्वभावः सबैसँग मित्रवत व्यवहारः त्याग, तपस्या, स्वविवेकी, दया मायावान, त्यागी मानव भेटिन गाह्रो होला तर निकृष्ट, पापी, बेईमानी स्वार्थी, लुटाहा, ढाँट, चोर, डाँका, हत्यारा, घमण्डी, पाखण्डी, सामन्ती, चुतिया, धोकेवाज यो सबै विषयवस्तु बोकेका, व्यवहार दानवको हेर्दा अनुहार मानवको पापीस्त प्रवृत्तिका मानिस सामाजिक प्राणी होईनन् हुन पनि सक्दैनन् । यस्तो प्रवृत्ति समाजमा किन मौलायो ।
नेपालमा जब वित्तीय संस्थाहरु च्याउ उम्रे जस्तै जन्मे, विकृतिका खानीहरुको स्वभाव भएका मानिसहरु कै समाजमा यत्र तत्र भए । तिनका रुप र प्रकार कस्ता हुन्छन् ? बेईमानी, धोकेवाज, कपटी, जालीया, ढाँट प्रवृतिका मानिस यिनीहरु, यस्ता प्रकारका स्वभाव भएका मानिसहरु दुष्ट हुन्छन् । मिठो, चिप्लो, लोर्के बोली बोल्ने, भित्र एउटा बाहिर भिन्न बोली बोल्ने, कहिल्यै सत्यतथ्य व्यवहार नबोल्ने, जति सक्यो अरुलाई
फसाउने, जालमा पार्ने, आफ्नै व्यक्तिगतभन्दा अन्य विकल्प नसोच्ने, यस्ता मान्छे जतिसुकै धनाड्य, विद्धान भएपनि मानवताको स्वभाव हुँदैन । यस्तो प्रकारको व्यवहार भएकाहरुले जहिले पनि जुनसुकै बहानामा पनि दुःख दिने प्रवृतिका हुन्छन् ।
अर्कोथरी डाहाडे, दुख्र्यालु, लोभी, पापी, पाखण्डी, घमण्डी यो प्रकारका स्वभावका मानिस न त कहिल्यै सामाजिक बन्न सक्छन्, न त कहिल्यै मानवताको नाता, मर्म, दुःख, कथाव्यथा बुझ्न सक्छन् । खाली अर्काको डाहा, रिस, इष्र्या, कहिल्यै तृप्त नहुने लोभी, धुद्र व्यवहार यिनी पनि समाजका दुष्ट बिगारक समूहका हुन् ।
अर्काथरी अर्काको क्षति नगरी बाँच्ने, मुखमा राम–राम बगलीमा छुरा, कटारी, बोकेका मौका पर्दा रेटि हाल्ने, दुःखको भूमरीमा पार्न सफल भैहाल्ने, अरुलाई जति दुःख कष्ट दियो उत्ति रमाउने प्रकृतिका दानवीय मानिसहरुको रुप भएका ।
अर्काथरी सपना जहिले पनि संसारको नम्बर १ धनाढ्य बन्ने ईच्छा भएका । यस्ता प्रकृतिका मानिस झनै खतरनाक हुन्छन् । धनी हुनका लागि राम्रो वैधानिक, सामाजिक, समाजसेवी हुनै सक्तैनन् । जे गर्दा धन आउँछ त्यही बाटो मात्र रोज्ने ।
जस्तैः जुवा खेलाउने, चारपाँचे लगाउने, चेलीबेटी बेचविखन, तमामका छोरा चेली, उस्तै परे पैसाको लागि छोरी, बुहारी, श्रीमती समेत नभने यदि महिला छ भने आफ्नै बनेर विभिन्न नाता लगाएर फसाईदिने, बेची दिने, अर्कालाई मराइदिने, क्षणिक भएपनि श्रीमती, अभर बनेर थुत्ने, खोक्रो पार्ने, रीत्याईदिने, समाजको कलंक बनाईदिने, अन्त्यमा जीवनकै क्षति बनाइदिने ।
गुण्डा, हत्यारा, तस्करीसँग मिलेर २ नम्बरी धन्दाबाट लागूऔषधको कारोवार, नक्कली रुपैयाँको जाली व्यवहार, हतियार बेचबिखन तथा ओसारपसारको कारोवार सञ्चालन गर्ने ।
अर्थको व्यापार गर्ने, थोरै लगानीबाट मनग्य कमाउने, विद्युतीय करेन्ट सरीको ब्याजमा अर्थ व्यापार, अवैध व्यापार, पैसाले पैसाको कारोबार, व्यापार गर्ने यसका रुपमाहरु, बयाज लगाउने, ऋण सापटी भन्ने,
ब्याजको स्याज, स्याजको स्याज हिसाव गर्ने त्यसको लागि विकल्पहरु आमा समूह, छोरी समूह, महिला समूह, वित्तीय संस्था, बाहिर सस्तोमा ऋण दिने भन्ने नारा लगाउने, मान्छेले मान्छेको बन्धक राख्ने प्रवृत्तिका मान्छे अति दुष्ट खतरनाक हुन्छन् । तिनीहरुसँगको व्यवहार (करेन्ट) विद्युतीय जस्तो खतरा हुन्छ ।

नी हुनका लागि राम्रो वैधानिक, सामाजिक, समाजसेवी हुनै सक्तैनन् । जे गर्दा धन आउँछ त्यही बाटो मात्र रोज्ने । जस्तैः जुवा खेलाउने, चारपाँचे लगाउने, चेलीबेटी बेचविखन, तमामका छोरा चेली, उस्तै परे पैसाको लागि छोरी, बुहारी,

श्रीमती समेत नभने यदि महिला छ भने आफ्नै बनेर विभिन्न नाता लगाएर फसाईदिने, बेची दिने, अर्कालाई मराइदिने, क्षणिक भएपनि श्रीमती, अभर बनेर थुत्ने, खोक्रो पार्ने, रीत्याईदिने, समाजको कलंक बनाईदिने, अन्त्यमा जीवनकै क्षति बनाइदिने ।

अर्काथरी सामन्ती प्रवृतिका प्रायः यस्ता मान्छे पुराना जमिन्दार, मान्छेलाई गोरु, राँगा, घोडासरी लाउन कजाउन खोज्ने, सित्तैमा लुट्ने, तान्ने, भुट्ने, जीवनभर आफ्नो पिछलग्गु बनाएर शोषण गर्ने, रक्त पिचासु स्वभावका, कत्ति पनि दया, माया स्नेह, सेवाको भाव नभएका राक्षसी प्रवृति भएका । माथि उल्लेख भएका जति प्रकारका मानिस देखिन्छन् यिनीहरु जहिले पनि शक्तिको आडमा रजाई गर्छन् ।
ठूलो समूह निर्माण गरेर आफूलाई केन्द्रमा राखेर अति सुरक्षित तरिकाले राज्यको वैधानिकता प्राप्त गर्न जे गर्नुपर्छ त्यहि तरिका अपनाएका हुन्छन् । यिनै सम्पूर्ण विषयका तालिम प्राप्त मान्छे नै (मिटर ब्याजका) सञ्चालक हुन् ।
मिटर ब्याजका सञ्चालक भन्ना वित्तिकै माथि उल्लेखित कुकर्मका पूर्ण तालिम प्राप्त मान्छे मात्र (मिटर ब्याजका) आर्थिक तस्करका चालक बन्छन् । यिनीहरुले गर्ने कुकर्मी व्यवहारका प्रकारहरु यसप्रैकार रहेका छन् ।
– यिनीहरुको एउटा अति बलियो सञ्जाल हुन्छ । सञ्जालभित्र कस्ता–कस्ता मान्छे हुन्छन् ? नक्कली वकिल । जसले वकिलको नामबाट लेखापढी गदर्छ । जस्ता पनि कागज गर्छ । किन गर्ने ? गर्नु हुँदैन भन्ने बेइमानी प्रवृत्तिका ।
– गुण्डाहरु आवश्यक परे लुटने, पिट्ने बलजफ्ती, धम्की, त्रास, आवश्यक परे जीवनकै क्षति पु¥याउनेसम्म पछि नपर्ने ।
– बहालवाला पुलिस, प्रायः पुलिसका श्रीमतीहरु अधिकांश यस्ता प्रवृतिहरुले राज्यको शक्ति, न्यायालयसमेतलाई प्रभावित पारेर, अन्यायपूर्ण व्यवहार गरेर भएपनि समाप्त पार्नमा दत्तचित्त हुन्छन् । प्रायः पुलिसका श्रीमती नै मिटर ब्याजका नेतृत्व बनेका हुन्छन् ।
– व्यापारी, तस्करी वा भूमिगत अपराधी जसले गरगहना, सम्पत्ति चलअचल धितो राखेर १ वर्ष नपुग्दै एकलाखको पचासौँ लाख पु¥याएर समाप्त पार्ने
– जमिनदार, धनी, हुने खाने मध्यका तर वैधानिक काम नगर्ने, सामन्त, शोषक, ठग, चुतिया, अर्थतन्त्र, मेहनत, सिप लुट्ने माफिया स्वभावका जसले आर्थिक रकम बैंकमा मौज्दात गर्नुभन्दा यस्तै (मिटर ब्याजको) मार्फतबाट राज्यकै ढुकुटी अर्थमा क्षति पु¥याउने मानव समाज, राज्य दुवैको कलंक । जसले आर्थिक तस्करी गरेर धन कमाएर विश्वको धनी हुने सपना देख्छ । यस्ता प्रवृत्तिका मान्छेहरु समाजका अब्बल दर्जामा गनिन सक्छन् ।
राजनीतिको भाडमा अपराध गर्नेहरु (मिटर ब्याज प्रकरणका) मान्छेले गर्ने कुकर्म के–के हुन् ? मानिसमा बाँच्नको लागि समाज चाहिन्छ । समाजमा बस्दा विभिन्न समस्याहरु आईलाग्छन् । दैनिक व्यवहार चलाउन गाह्रो पर्छ ।
समाजमा बसेपछि लेनदेन, एैचोपैँचो, सरसापटी गर्नुपर्छ । लेनदेन जस्ले पनि गर्नुपर्छ । यसरी आपत, विपतमा परेकाहरुलाई त्यस्ता उपलब्धिहरुले बथानेर बस्छन् ।
नालीबेली सबै बुझेर बस्छन् । त्यसको सबैभन्दा राम्रो बाटो वस्तु के छ ? श्रीमती वा परिवारको कमाई कस्तो छ ? व्यवहार कस्तो छ ? सबै बुझेर मित्र भाव देखाएर दुःखमा साथ दिए जस्तो कहिलेकाहिँ महिनासम्म सापटी दिएजस्तो सँगै हिड्ने, सँगै बस्ने खाने, सँगैको व्यवहार गर्ने, देख्नेले कुनै शंका नगर्ने, अति मेल देखाएर विस्तारै–विस्तारै मिटर ब्याजको सदस्य बनाउँछन्  ।
जब एकपटक सदस्य बन्यो भने ऊ जालमा पर्छ । बाहिर भन्ने वित्तिकै ज्यानको क्षति हुने बाचा कसम खुवाईन्छ । यस्तो लगानी सार्वजनिक नगर्ने, त्यसलाई जे गरेपनि कहिँ भन्नै नसक्ने बनाएर सुरु गरिन्छ ।
मिटर ब्याजको सबैभन्दा ठूलो भरपर्दो बंैकका खाली चेकहरु बनाएर शुरु गरिन्छ । मिटर ब्याजको सबैभन्दा ठूलो भरपर्दो बैंकका खाली चेकहरु खाता नभए आजकलका प्राईभेट बैंकले जिरो ब्यालेन्समा खाता खोलिदिन्छन् ।
मिटर ब्याजका लगानी गर्नेले तिनै खाताका चेकहरुमा सही गराएर रकम दिन्छन् । रकम दिँदा रु १ लाखको ३० हजार कमिशन कागज २ लाखको म्याद एक हप्ता, एक हप्ताको ब्याज ५ प्रतिशत ।
एक हप्तामा नदिए डब्ल हुने तमसुकमा टिक, राम्रो घर, जग्गा सुन जे छ व्यापार, पसल घडेरी उल्लेख हुन्छ । ७० हजारको १÷२ वर्षमा करोड नै लिएर जान्छन् । तमसुकहरु छुट्टाछुट्टै चेकहरु हस्ताक्षर बनाएका खाली ठेली नै लिएर राख्छन् ।
त्यसपछि मान्छे पहिले डिप्रेशनमा पर्न थाल्छ भन्न सक्दैन, आफ्नो भएको सबै सकिन्छ । त्यसपछि आत्महत्या, विष प्रयोग, पागल जे पनि बन्छ । अटेर गरेर बाहिर गयो भने अड्डा अदालतमा मुद्दाका चाङ एउटा मान्छेका दर्जनौ मुद्दा,
तिनीहरुसँग मिलेर पैसा कमाउने सोच भएका दलाली (न्यायालय) सम्मलाई प्रभाव पर्ने दाउका बिचौलियाहरुको अनेकौ प्रकारका (क्रश प्रश्न) त्यस्तैखाले साक्षी हरकत गरेर दुःख दिने विद्युतीय करेन्टभन्दा अति खतरनाक मिटर ब्याजको आतङ्कले देशैभरी बिगविगी बनाएका छन् ।
जसको एउटा रुप दाङकै तुलसीपुर उपमहानगरपालिकाभित्र एउटी डिप्रेशनको रोगी महिलामाथि गरिएका अभद्र व्यवहार, अमानवीय व्यवहार, उनका श्रीमान, सासू ससुरा कसैलाई थाहा नभएको हाल उनका विरुद्ध देखिएका, बनाईएका प्रमाणहरु ३९ लाख, १६ लाख, १२ लाख, ६ लाखका चार पाँचवटा तमसुक ३८ लाख, ३४ लाख, ८ लाख, ८ लाख ५० हजार, ४ लाख, ६ लाखका खाली चेक लगेर आफै भरेका,
बाउन्स गरेका करिव २ करोड २५ लाखका प्रमाण बनाएर हालसम्म ६ वटा मुद्दा दाङ देउखुरी अदालतमा २ वर्षदेखि चल्दैछन् । यहि सम्वन्धीत निकायहरुले ढिलै गरेर भएपनि सत्यतथ्यको छानबीन गर्ने दृढ विश्वासका साथ सम्पूर्ण परिवार आशा अपेक्षा राखेको बताउँछन् । हवस्त ! जागोस् । चासो राखोस् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *