मासिदै सालका रूख

फिचर मुख्य खबर समाज

घोराही, ३० जेठ । कुनै समयमा सालको रुखले भरिएको वन भनेर चिनिने दाङका वनहरु खाली डाँडा बन्दै गएको छन । रुख प्रजातीमा बहुमूल्य पर्ने सालको रुख मासिदै गएको छ । वन अतिक्रमण, चोरी पैठारी, चरि चरण, वन विनासका कारण सालका रुख मासिदै गएका छन् ।
विशेषगरी देउखुरीका राष्ट्रिय तथा सामुदायिक वनमा सालका प्रसस्त रुख हुने गथ्र्यो । सालका रुखमा मात्रै होईन् सती साल, चन्दन, खयरका बहुमूल्य रुखहरु मासिदै जान थालेका छन् ।
तर पछिल्लो समयमा बिन विनाशका कारण खाली डाँडामा परिणत भएको छ । महंगो मूल्यमा सालको रुख कारोवार हुने भएकाले अवैध रुपमा समेत निकासी हुने गरेको छ ।
विशेषगरी देउखुरीको वेला, राजुपर, गोवरडिहा, गढवाका राष्ट्रिय तथा सामुदायिक वनमा हेर्न हो भने सालका रुख कमै पाईन्छन् । खाली डाँडामा सालका रुख काटिएका ठुटा मात्र छन् ।
अन्य स–साना झारहरु उम्रिएका छन् । त्यति मात्र होईन् सालका ठूला–ठूला रुखमा तेजाव राखेर सुकाउने काम समेत भएको छ भने सालका रुखमा फलाम ठोकेर, रुखका जरा काटेर वा रुखको आधा भाग काटेर सालका रुखहरु मासिरहेका छन् ।
वन अतिक्रमण गरेर वस्तीहरु बढ्दो क्रममा छन् भने वस्तीसंगै वनमा रहेका सालका रुखहरु मासेर खेत वारीमा परिनत गरेका छन् । वनमा डढेलो लाग्दा बढि नोक्सान सालको रुखमा नै हुने गरेको छ । सालका ठूला रुख हुने हुदा बनमा डढेलो लगाउदा खासै फरक देखिदैन् ।

देउखुरीका राष्ट्रिय तथा सामुदायिक वनमा सालका प्रसस्त रुख हुने गथ्र्यो । सालका रुखमा मात्रै होईन् सती साल, चन्दन, खयरका बहुमूल्य रुखहरु मासिदै जान थालेका छन् ।

सबै भन्दा हुर्कन समय लाग्ने सालको विरुवामा र विउमा नै बढि डढेलो नै क्षति पु¥याएको छ । जसको कारण बहुमूल्य साल, सतिसाल चन्दनका रुखहरु मासिदै गएका छन् ।
२७ वर्ष पहिले राजपुर गाँउपालिकामा वसाई सराई गरेर आउदा रमेश चौधरीको मानसपटलमा सालको रुखहरु सम्झिन्छन् । ‘ठूला–ठूला सालका रुखहरु एक एक गरि मासिए’ चौधरीले भने ‘अहिले ति रुख कहाँ देख्न पाउनु ?’ ठूला रुखहरु सुकेर, काटिएर सकिए पनि त्यसको ठाउँमा अर्को सालको बिरुवा नहुदा चिन्तित देखिन्छन् उनी ।
‘कहि कतै सालका विरुवा छन्’ उनले भने ‘बाँकी अन्य स–साना रुखहरु मात्र छन् ।’ त्यसतै देउखुरीकी लक्ष्मी शर्माले वनबाट सालको पात लिएर पूजाँपाँठदेखि विवाह समारोह, शुद्धशान्तिका लागि दुना टपरी बनाएको सम्झिन्छन् । ‘वनमा अहिले त्यस्तो सालको पात कहाँ पाउनु’ उनले भनिन् ‘वन व्यवस्थापनको लागि भन्दै सालका रुख काटिएका छन् ।’
बहुमूल्य पर्ने सालका रुख मासिदा सामुदायिक वनका उपभोक्ताहरु खासै चासो दिएको पाईदैन् । सालका रुखको विरुवाको साटो सिमल, टिक, सिसौ जस्ता कु–काठहरु रोप्ने गरेको पाईन्छ् ।
जिल्लाका अधिकांश वनमा पुराना सालका रुख वाहेक बाँकी वनहरुमा छिटो समयमा हुर्कने बिरुवाहरु लगाइएको छ । त्यसमा पनि बिदेशबाट महंगा महंगा प्रजातीको विरुवा भन्दै टिक, सिरिस जस्ता विरुवाहरु लगाउने गरेका छन् ।
जिल्लामा नै सालको रुख मासिदै गएको डिभिजन वन कार्यालय देउखुरी, लमहीका प्रमुख शंकरप्रसाद गुप्ता वताउछन् । ‘देउखुरीमा मात्रै होईन्, जिल्लामा नै सालका रुख मासिदै गएका छन्’ वन कार्यालय प्रमुख गुप्ताले भने ‘हामीले सालका रुखलाई जोगाउनको लागि कार्यक्रम बनाएका छौ ।’
उनका अनुसार देउखुरीका १५ वटा सामुदायिक वनमा सालको रुखको लागि मात्रै वन छुट्याइएको छ । लमही नगरपालिका, राजपुर, कालाकाटे, गोवरडिहा,
वेलालगायतका सामुदायिक वनमा पुनः उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको उनले बताए । त्यस क्षेत्रमा पूर्णरुपमा चरिचरण बन्द गरिएको, तार जाली लगाएर सालको रुख संरक्षणमा लागेको उनले बताए ।
सालको रुख वाहुल्यताका भएको दाङमा वन अतिक्रमण, खुल्ला चरिचरण, वन विनासका कारण सालको रुख मासिदै गएको बताए । ‘सालको रुख मासिनुमा अर्का मुख्य कारण वन डढेलो हो’ उनले भने ‘वनमा डढेलो लगाउदा सालका विरुवा मर्ने र विउहरु पनि जल्दा,
पुनः पलाउन पाउदैन् ।’ सालको बिरुवा प्राकृतिकरुपमा नै उम्रिने हुदा सालको विउ तथा विरुवा जोगाउन नसेको उनले बताए ।’ यो प्राकृतिक रुपमा नै उम्रन्छ’ उनले भने ‘कसैपनि चाहेर अन्त लगेर विउ रोप्दा वा वेर्ना सार्दा न त्यो विउ उम्रन्छ, नत त्यो विरवा पलाउछ ।
बहुमूल्य मानिने साल, सति साल, चन्दन्, विजय साल, चन्दन, खयरका रुखहरु मासिदै गएको उनले बताए । त्यसका ठाँउका कु–काठ करौती, धौसी, मसाला, टिक, सिसौ, सिरिस, टाँकी, बोकाईनो प्रजातीका विरुवाहरु लगाउने गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *