मावि सेन्टरको नयाँ अभ्यास

विचार सम्पादकीय

सामुदायिक विद्यालयहरुले प्रविधिलाई आत्मसात गर्न थालेका छन् । विद्यालयको शैक्षिक गुणस्तरलाई बढाउन र अभिभावकको विश्वास जित्न सामुदायिक विद्यालयहरुले विभिन्न प्रविधिहरुलाई अंगाली रहेका छन् । जिल्लाका केही सामुदायिक विद्यालयले अंगालेको प्रविधिभन्दा तुलसीपुरमा रहेको सेन्टर मावि तुलसीपुरले प्रभावकारी प्रविधि सुरु गरेको छ । विद्यालयमा सिसी क्यामरा, ई–हाजिरी, ई–लाइब्रेरी सुरु गरिरहेका बेला सेन्टरले विद्यालयको समग्र निगरानी अभिभावकबाट त्यो पनि प्रविधिको प्रयोग गरेर गर्न थालेको छ । उसले अभिभावकका मोवाइलबाटै विद्यालय अनुगमन गर्ने वातावरण मिलाएको छ ।

अभिभावकले घरमै बसेर आफ्नो छोरा छोरीले कसरी कक्षामा पढिरहेको छ, विद्यालयको वातावरण के छ, शिक्षकहरुको शिक्षण लगनशीलता कस्तो छ र विद्यालय प्रशासन कसरी सञ्चालन, ब्यवस्थापन भइरहेको छ भन्नेजस्ता सबै विषय अभिभावकले घरमै बसेर मोबाइलबाट हेर्ने ब्यवस्थाले समग्र शैक्षिक गुणस्तरको समेत विकास हुनेछ । यसले अभिभावकलाई पनि विद्यालय र आफ्ना बच्चाबच्चीप्रतिको चासो बढ्ने पक्का छ ।


सामुदायिक विद्यालयमा विद्यार्थीहरुको सिकाइ उपलब्धि अहिले पनि कमजोर देखिएको छ । गणित, अंग्रेजी र विज्ञान विषयको विद्यार्थीको सिकाइ उपलब्धि कमजोर रहदा सामुदायिक विद्यालयमा अध्ययनरत आधारभूत तथा माध्यमिक कक्षामा अध्ययन प्रायः विद्यार्थीहरुको सिकाइ उपलब्धि र गुणस्तर ५० प्रतिशतको सेरोफेरो मात्रै छ । गुणस्तर कमजोर भएको तथ्याङ्कहरु सार्वजनिक भइरहेका बेला सिकाइ उपलब्धि र गुणस्तर सुधार गर्न सेन्टर माविले अभिभावकले नै प्रत्यक्ष रुपमा विद्यालयको निगरानी गर्ने प्रविधि भित्र्याउँदा राम्रो सन्देश प्रवाह गरेको छ । अभिभावकले घरमै बसेर आफ्नो छोरा छोरीले कसरी कक्षामा पढिरहेको छ, विद्यालयको वातावरण के छ, शिक्षकहरुको शिक्षण लगनशीलता कस्तो छ र विद्यालय प्रशासन कसरी सञ्चालन, ब्यवस्थापन भइरहेको छ भन्नेजस्ता सबै विषय अभिभावकले घरमै बसेर मोबाइलबाट हेर्ने ब्यवस्थाले समग्र शैक्षिक गुणस्तरको समेत विकास हुनेछ । यसले अभिभावकलाई पनि विद्यालय र आफ्ना बच्चाबच्चीप्रतिको चासो बढ्ने पक्का छ । विद्यालयको एप्सको प्रयोग भएमा जहाँ र जस्तो अवस्थामा भएपनि प्रत्यक्षरुपमा अभिभावकले विद्यालयप्रति चासो दिदा विद्यालयले पनि आफूलाई सुधार गरेर लैजान अवसर मिल्छ । अभिभावकले विद्यालयमा प्रत्यक्ष चासो दिए सबै चनाखो बन्नुपर्ने बाध्यतासमेत विद्यालयले बनाइ दिएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सिकाइ उपलब्धि कमजोर देखिएको अवस्थामा सामुदायिक विद्यालयले गरेको यो प्रयास सह्रानीय छ । यसलाई विद्यालयले निरन्तता दिन सकोस् र यसको अनुसरण जिल्लाका अन्य विद्यालयहरुले पनि गरेर समग्र शिक्षा सुधारको अभ्यास थाल्न सकुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *