मावि रतनपुर महायज्ञमा ९१ लाख संकलन

समाज

हापुर (दाङ), २१ चैत । हापुर मावि रतनपुरमा जारी महायज्ञमा ९१ लाख बढी दान रकम संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधिक शिक्षा सञ्चालनार्थ र पितृमोक्षका लागि घोराही–१२ मा रहेको हापुर मावि रतनपुरमा आयोजना भएको ‘श्रीमद्भागवत, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञानमहायज्ञ २०७५’ मा ९१ लाख दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।
५८ लाख बराबरको जग्गा एवं जिन्सी सामाग्री र ३३ लाख नगद दान संकलन भएको आयोजक मूल समितिका संयोजक दिपक न्यौपानेले जानकारी दिएका छन् । महायज्ञमा मंगलबार २३ लाख ४१ हजार ञ् सय ५५ रूपैयाँ बराबरको जग्गा र ६ लाख ६८ हजार ४ सय ३९ रूपैयाँ नगद दान रकम संकलन भएको आयोजक मूल समितिका संयोजक दिपक न्यौपानेले जानकारी दिए । महायज्ञमा हालसम्म ६६ लाख ५३ हजार २९ रूपैयाँ बराबरको दान संकलन भएको छ ।
महायज्ञमा मंगलबार घोराही उपमहानगरपालिका–१२ वडा कार्यालयले १ लाख १ हजार १ सय ११, सोनापुर सिमेन्ट प्रालि दुधरासले १ लाख १ हजार १ सय ११, घोराही–११ का शरद पोख्रेलले ५१ हजार १ सय १५, घोराही–१५ का विनोद गौतमले २५ हजार ५, घोराही–१० का गंगाराम आचार्यले ५५ हजार ७ सय ७७, घोराही–१२ का शिवकुमार गौतमले ५५ हजार ५ सय ५५ रूपैयाँ दान गरेको महासचिव दिपक दाहालले जानकारी दिए ।
यस्तै घोराही–१२ का माधव खनालले ५१ हजार १ सय ५, विष्णुबहादुर थापाले २५ हजार १ सय ५५, नरबदा पोख्रेलले २५ हजार ५, ईश्वरी गौतमले २५ हजार ५५, नारायणदेव आचार्यले २५ हजार १ सय ५, धनादेवी बस्नेतले ५० हजार १ सय ११, सुशील न्यौपानेले ५१ हजार ५ सय ६५, हरिबहादुर डाँगीले २५ हजार ५, अर्जुन दाहालले २५ हजार २५ दान गरेको महायज्ञ आयोजक मूलसमितिका सहकोषाध्यक्ष डम्बर श्रेष्ठले जानकारी दिए । मंगलबार घोराही–१२ का महेशकुमार लामिछानेले ३ लाख ५० हजार बराबरको जग्गा दान गरेका छन् ।
महायज्ञको अन्तिम दिन नगद ३ लाख दान संकलन भएको छ । विद्यालयको प्रवेश गेट निर्माण गरिने मावि रतनपुरको प्रवेशद्वार निर्माण गरिने भएको छ ।
महायज्ञ आयोजक मूल समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक न्यौपाने र गीता न्यौपानेले निर्माण गर्ने छन् । न्यौपानेले स्वर्गीय हजुरबुवा डम्बरबहादुर न्यौपाने, हजुरआमा रत्नादेवी न्यौपाने र बसुन्धरा न्यौपाने, बुवा जुद्धबहादुर न्यौपाने, आमा प्रेमकुमारी न्यौपाने र हेमकुमारी न्यौपानेको स्मृतिमा ४ लाख ११ हजार १ सय ११ रूपैयाँ बराबरको लगानीमा मुख्य गेट निर्माण गरिने बताए ।
नयाँ विद्यालय व्यवस्थापन समिति चयन भएपछि गेट निर्माण गरिने न्यौपानेले बताए । साथै आयोजक मूल समितिका संयोजक न्यौपानेको परिवारले नगद १ लाख ११ हजार १ सय ११ रूपैयाँ दान गरेका छन् ।
महायज्ञको बुधबार समापन गरिएको छ । एक औपचारिक कार्यक्रम गरी महायज्ञको समापन गरिएको हो । आयोजक मूल समितिका संयोजक दिपक न्यौपानेको अध्यक्षता र हिन्दू जागरण नेपालका केन्द्रीय सदस्य नुमाकान्त दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मुख्य वाचक बालव्यास पण्डित नारायण न्यौपाने, उपवाचक पर्शुराम काफ्ले, खड्गदेवी मन्दिर व्यवस्थापन समितिका सचिव मिधुराम भण्डारी, विद्यालयका पूर्व प्रधानाध्यापक घनश्याम अधिकारी, संस्थापक ईन्द्रु गिरीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण काशिराम केसी र राजेन्द्र दाहालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *