- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरमालपोतमा विद्युत तमासा

मालपोतमा विद्युत तमासा

- Advertisement -spot_img

तुलसीपुर, १८ माघ । विद्युत आपूर्तिको समस्या देखाउँदै मालपोत कार्यालय तुलसीपुरमा तीन दिनदेखि सेवाग्राहीले सहजरुपमा सेवा पाएका छैनन् । विद्युतीय सेवा राम्रोसँग प्रवाह भएको निहुमा कार्यालयले सेवा प्रवाहमा बेवास्ता गरेको सेवा–ग्राहीहरुले गुनासो गरेका छन् । विद्युतको कारण भन्दै प्रविधिमार्फत प्रवाह हुने सम्पूर्ण सेवा तीन दिनदेखि प्रायः बन्द जस्तै छन् । जसका कारण सेवाग्राहीहरु प्रत्यक्षरुपमा प्रभावित भएको बताएका छन् । कार्यालयमार्फत प्रविधिको प्रयोग गरी प्रदान जग्गासम्बन्धी सम्पूर्ण कामहरु जग्गाको रजिष्ट्रेशन पास, नामसारी दाखिला खारेज, लगत व्यवस्थापन जस्ता कामहरु ठप्प भएको भन्दै सेवाग्राहीले बिहीबार कार्यालयले गुनासोसमेत गरेका थिए । सेवा प्रवाहमा ढिला भएपछि टाढाबाट आएका नागरिकहरु अलपत्र परेका छन् ।
कार्यालयका प्रयोग गरिएका सामाग्रीहरुले विद्युतीय क्षमता धान्न नसक्ने भएकाले कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुमा समस्या भएको कार्यालय प्रमुख नरेश कुमार खड्काले जानकारी दिए । उनका अनुसार गत बुधबारदेखि बत्ती भएको समयमा पनि कामकाजहरुलाई सम्पादन गर्न समस्या भईरहेको छ । कार्यालय रहेको भवनमा जडान गरिएको विद्युतीय भोल्टेज ५ एम्पियरको भएकाले क्षमताभन्दा बढी लोड धान्न नसकेको उनको भनाइ छ । जसले गर्दा दुई दिनदेखि सेवाहरु राम्रोसँग प्रदान गर्न सकिएको छैन । ‘साधारण क्षमताको लाईन जडान गरिएको घरमा कार्यालय रहेको छ, जसले गर्दा लाईन आउँदा फ्युज जाने समस्या बढी हुन्छ’ उनले भने– ‘कार्यालयका लागि जडान गरिएका सोलारहरु मौसमको कारण चार्ज हुन नसक्दा यो समस्या आएको हो । समस्यालाई चाँडै समाधान गरी सेवा चुस्तदुरुस्त बनाउने छौँ’ उनले भने । कार्यालयभित्र प्रयोग भईरहेका छवटा कम्प्युटर, छवटा प्रिन्टर र ६ वटा फोटोकपी मेसिनका लागि १५ एम्पियर क्षमताको विद्युतीय भोल्टेजको आवश्यक पर्ने उनले बताए । नेपाल विद्युत प्राधीकरणसँगको परामर्श अनुसार विद्युतीय क्षमतालाई बढाउनका लागि प्राविधिकहरुसमेत बोलाईसकेको उनले जानकारी दिए । कार्यालयमा प्राविधिक कर्मचारीको व्यवस्था नहुँदा यो समस्याले सेवाग्राही र कर्मचारीहरुलाई थप प्रभाव पारेको छ । बुधबारदेखि लाइनमा बसे पनि आजसम्म आफ्नो काम पूरा नभएको सेवाग्राही अनिता बस्नेतले बताइन् । यस्तै बिहानैदेखि आफ्नो पालो कुरेर बसिरहेको सेवाग्राही गीता खत्रीले बताइन् । सरकारी कार्यालयहरुले विद्युतीय समस्या देखाउँदै सेवाग्राहीहरुलाई मर्कामा पार्ने गरेको उनले बताइन् । समय–समयमा कार्यालयमा समस्या देखाउँदै कामहरु रोकिदै आईरहेको अञ्जु थापाले बताइन् । प्राविधिक समस्यालाई समयमा समाधान गर्न नसक्दा लिखतको अभिलेख खडा एवं सुरक्षा, अदालत, बैंक तथा वित्तीय संस्थाहरुबाट आएका रोक्का राख्ने र फुकुवा भई आएमा फुकुवा जनाउने, जग्गासम्बन्धी अभिलेख राख्ने तामेली, दर्ता, चलानी लगायतका महङ्खवपूर्ण फाँटहरु सेवाग्राहीहरुको तीन दिनदेखि घुँईचो छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here