मापदण्ड विपरीत उद्योग

मुख्य खबर

घोराही, १० माघ । दाङको गढवामा सञ्चालित क्रसर उद्योगले मापदण्ड विपरीत चुुरे क्षेत्रको उत्खनन् गर्ने गरेका छन् । क्रसर उद्योगले मापदण्ड विपरीत गिट्टी, बालुुवा उत्खनन् गर्दा कुुनै निकायले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् । राष्ट्रिय जनमोर्चा गढवाले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरेर मापदण्ड विपरीत सञ्चालनमा आएका क्रसर उद्योगलाई तत्काल अनुगमन गर्न सरोकारवाला निकायलाई आग्रहसमेत गरेको छ । गाँउपालिकामा सञ्चालित १५ उद्योगले प्रदेश नम्बर ५ को नदीजन्य पदार्थमा उद्योगको अनुसूचि ४ को दफा १९ को १ अनुसार नभएको जनमोर्चा गढवाका अध्यक्ष कपिलदेव खनालले बताए ।
क्रसर उद्योग खोला तथा नदीजन्य पदार्थ उत्खनन् गर्ने स्थानभन्दा तराई क्षेत्रमा ५ सय मिटर हुनुपर्ने भएपनि गाउँपालिकामा सञ्चालित १५ वटा उद्योग मापदण्ड विपरीत भएको र उत्खनन् पनि मापदण्ड विपरीत गर्ने गरेकोे उनले जानकारी दिए । जनमोर्चा गढवाका अध्यक्ष खनालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपाध्यक्षले नवराज शर्माले खोला तथा नदीजन्य पदार्थको निकासीमा अनुगमनलाई प्रभावकारी बनाउन माग गरे । उनले क्रसर उद्योगका टिप्परहरुका कारण धुलो धुवाँ अत्याधिक भएको भन्दै धुलो नियन्त्रणका लागि पानीको व्यवस्था गरिदिन आग्रह गरे । वातावरणीय प्रभाव पर्ने गरी र मापदण्ड विपरीत गिट्टी, बालुुवा उत्खनन् गर्ने क्रसर उद्योगलाई नियमनको लागि सरोकारवालाई जानकारी गराउदा पनि सम्बन्धित निकाय मौन देखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *