- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरमानिसको सोचाई सफाई गर्न आवश्यक

मानिसको सोचाई सफाई गर्न आवश्यक

- Advertisement -spot_img

विजौरी, ७ असार ।
तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १८ का वडा अध्यक्ष माधव वलीले अब हरेक मान्छेले व्यक्तिगत सफाईसँगै मानिसको सोचाइ पनि सफाई गर्नुपर्ने बताएका छन् । पूर्ण सरसफाईसम्बन्धी अभिमूखिकरण कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै उक्त कुरा बताएका हुन् ।
मान्छेका व्यक्तिगत सफाईअन्तर्गत हात खुट्टा, खानपिन लगाउने कपडाको साथै मानिसको सोचाईलाई पनि सफाई गर्नुपर्ने भन्दै हाम्रा सोचाईहरु धेरै फोहोर हुनथाले अब सकरात्मक सोचाई राख्नुपर्ने बेला भएको छ भने । साथै १८ नम्बर वडालाई एउटा नमूनायोग्य वडा बनाउने बताए । प्रत्येक घरहरुको सरसफाई वर्गीकरण गरिरहेको भन्दै वडा अध्यक्ष वलीले भने– ‘हामी सामाजिक बन्न सकिरहेका छैनौँ, अब सामाजिक बनेर प्रत्येक टोलहरुलाई समृद्धि टोलका रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा विजौरी उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खत्रीले अब व्यक्ति–व्यक्ति मिलेर नै पूर्ण सरसफाई हुने बताए । त्यसैगरी महिला नेतृ चित्रा धितालले पनि मानिसको पहिलो चरण नै सरसफाई भएकोले अब हरेक संघसस्था र स्थानीय निकायले ध्यान दिनुपर्ने कुरामा जोड दिइन् ।
मानपुर स्वास्थ्य चौकीका सिनियर अहेव ईश्वरी चालिसेले सरसफाई गर्ने तरिका र सरसफाई नगर्दाका लाग्ने रोगलगायतका वारेमा प्रष्ट पारेकी थिइन् । सामाजिक रुपान्तरण तथा जागरण केन्द्र दाङको आयोजनामा पूर्ण सरसफाईसम्बन्धी अभिमुखीकरण कार्यक्रमको अध्यक्षता केन्द्रका चूर्णबहादुर सुनारले गरेका थिए । कार्यक्रमको सहजीकरण राजेन्द्र विकले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here