- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचर‘मानवअधिकारमा राज्य गम्भीर हुनुपर्छ’

‘मानवअधिकारमा राज्य गम्भीर हुनुपर्छ’

- Advertisement -spot_img

तुलसीपुर, २५ मंसिर । मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि राज्य गम्भीर बन्नुपर्ने अधिकारकर्मीहरुले माग गरेका छन् । नेपालको संबिधानमा गरिएको संबैधानिक ब्यवस्था, अन्तर्राष्ट्रिय मानव अधिकारको विश्वब्यापी घोषणा पत्र, विभिन्न समयमा भएका सम्झौतलाई कार्यान्वयन नभएको भन्दै यो कार्यान्वयन गरेर लैजान र मानव अधिकार स्थापित गर्न राज्य गम्भीर हुनुपर्ने अधिकारकर्मीहरुले बताए । मावन अधिकार सबै नागरिकको पहुँचमा हुनुपर्ने समेत उनीहरुले बताए । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले ७०औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा वोल्ने वक्ताहरुले त्यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागीहरुले सबैको हित, अधिकार र संरक्षणको लागि मानव अधिकार सबैको पहुँचसम्म पुग्न आवश्यक रहेको बताए । मानव अधिकार लक्षित वर्ग र पिछडिएको वर्गलाई समावेश गरेर लैजाने अभिभावकको रुपमा जान सक्नुपर्ने बताए । समृद्ध समाज निमार्णका लागि स्थापित भएको शान्ति समाजले संस्थाले जात, धर्म, पेशा लिङ्गका आधारमा नभई समावेशीताका आधारमा सबैलाई समावेश गरी लैजानु पर्ने बताएका थिए । देशको शान्ति प्रक्रिया निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै मानव अधिकार, संरक्षण र विकासमा यसको निष्पक्ष तरिकाले सहभागिता हुनुपर्ने बताए ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका महासचिव सुशील बस्नेतले संविधानमा उल्लेख गरिएका ३१ वटा मौलिक हकलाई कार्यान्वयन गर्न र गराउनका लागि मानवअधिकार सक्रिय भएर लागिरहेको बताए । उनले मौलिक हकका पक्षलाई प्राथमिकतामा राखी सबैको पँहुचमा पु¥याउनका निम्ती स्थानीय सरकार खुला हृदयले लाग्नु पर्ने उल्लेख गरे । महिलामाथि हुने जघन्य अपराधको विषयमा समेत मानवअधिकार तथा शान्ति समाज लागि परिरहेको बताउँदै उनले सबैको सहकार्यसमेत आवश्यक पर्ने बताए । मौलिक हकमा आवश्यक पर्ने ऐन कानुनहरु तत्काल बनाउनु पर्ने र भएकालाई लागू गर्न आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले राष्ट्रिय रुपमै लैंगीक विभेद महिला र पुरुषबीचको भेदभावको अन्त्य हुन अत्यन्तै आवश्यक भएको बताए । आर्थिक सामाजिक र साँस्कृतिक रुपान्तरणको निम्ति विद्यालय, टोल सर्वव्यापी रुपमा यसका मुद्दाहलाई उठान गरी अभियान सञ्चालन गर्न आवश्यक भएको बताए । प्रमुख पाण्डेले मानव अधिकार आम नागरिक र राष्ट्रलाई अत्यावश्यक भएको बताउँदै अबको केही समयपश्चात् राष्ट्रियस्तरको मानव अधिकार तथा शान्ति सम्मेलन सञ्चालन गरिनेसमेत जानकारी दिए । उनले तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रमा लैंगीक विभेद, मानवअधिकारको उल्लंघन तथा कानुनविपरीत काम गर्न खोज्नेलाई कारवाहीसमेत गरिने बताए ।
प्रहरी नायक उपरीक्षक प्रेम बहादुर शाहीले जबसम्म आम नागरिकहरुले अधिकार र सम्मानको अनुभूति गर्न सक्दैनन्, तबसम्म स्थानीय प्रशासन र मानव अधिकारले सबैको संरक्षण गरेको छ भन्न नसकिने बताए । दृष्टिबिहीन राम बहादुर खड्काले अझैसम्म पनि अपाङ्गहरुको अधिकार सुनिश्चित नभएको गुनासो व्यक्त गरे । कुनै पनि कार्यक्रम तथा सभाहरुमा फरक क्षमताका व्यक्ति भनी सम्बोधन गर्दा अपाङ्गहरुलाई अपहेलित भएको महसुुस हुने बताउँदै उनले यस्ता शव्दको प्रयोग नगरिदिन हुन आग्रह गरे ।
मानव अधिकार तथा शान्ति समाज दाङका सभापति शरद रेग्मीको अध्यक्षता भएको कार्यक्रममा पूर्व सभापति निर्मल नेपाली, वृद्धसेवा समितिका अध्यक्ष खुमानन्द अधिकारी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत, लायन्स क्लव अफका अध्यक्ष ललितजंग शाह, महिला मानव अधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष शुष्मा गिरी, नारायणी रजौरेलगायतले बोलेका थिए । मानवअधिकार तथा शान्ति समाजका कोषाअध्यक्ष अमृत शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सह–सचिव उषा गौतमले गरेकी थिईन । यसैबीच शाखाको प्रस्तावमा मानव अधिकार तथा शान्ति समाजको २१औँ राष्ट्रिय परिषद्बाट महासिचवमा निर्वाचित जिल्ला शाखाका पूर्व सभापति सुशील बस्नेतलाई बधाई एवं शुभकामना दिइएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here