मानवअधिकारको अनुभूति भएन

मुख्य खबर

तुलसीपुर, २० जेठ । देशमा शान्ति स्थापना भएपनि मानवअधिकारका पूर्णप्रत्याभूत गर्न नसकेकोे एक कार्यक्रमका सहभागीले बताएका छन् । मानवअधिकार तथा शान्ति समाज दाङले आइतबार आफ्नो २४औँ स्थापना दिवसको अवसरमा तुलसीपुरमा गरेको कार्यक्रममा सहभागीले मानवअधिकार उल्लंघनका घटना अझै नरोकिएको बताएका छन् ।
सहभागीले मुलुकमा अझैपनि हत्या, हिंसा, बलात्कार अझैपनि कायम रहनु दुखद् भएको भन्दै राज्यले मानवअधिकार पूर्णप्रत्याभूत दिलाउनुपर्ने बताए ।
नागरिक समाज दाङका सल्लाकार टिकाराम रेग्मीले लोकतन्त्रको स्थापनाबिना मानवअधिकार सुरक्षित नहुने बताए । उनले पछिल्लो समय मानवअधिकार उल्लंघनका घटना राज्यबाटै बढी हुने गरेको समेत उल्लेख गरे ।
‘राज्यबाटै मानवअधिकार उल्लंघनका घटना हुने गरेका छन्, अब यो रोकिन नसके हामी आन्दोलनमा जानेछौँ ।’ उनले भने ‘जनता अहिले पनि गास, बास, कपासको अभावमा बाँच्नुपरेको छ एकातिर भने अर्कोतिर हत्या हिंसा , बलात्कारका घटना बढेका छन् ।’
मानवअधिकार उल्लंघनका घटनामा महिला बढी पीडित हुने गरेको भन्दै उनले बलात्कार र हत्याको शिकारमा पर्ने गरेको बताए । उनले मानवअधिकार अधिकार भनेको हत्या हिंसामात्र नभई आधारभूत आवश्यकताबाट बञ्चित हुनुपनि मानवअधिकार उल्लंघन हुने बताए ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले मानव अधिकारको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रममा नेकपाका नेता हुकुमबहादुर बस्नेतले मानवअधिकार रक्षाका लागि सरकारले दायित्वबोध गर्न सक्नुपर्ने बताए । नेपाली काँग्रेसका नेता सुरेन्द्र खड्काले मानवअधिकार लागि अब आन्दोलनभन्दा पनि अभियान चलाउनुपर्ने बताए ।
मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष डिल्लीराज धितालले हिंसाबाट प्राप्त गरेको अधिकार दिगो हुन नसक्ने बताए । उपसभापति तुलसीराम सुनारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा महिला मानवअधिकारकर्मी शुष्मा गिरी,
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका प्रमुख गीतादेवी, अधिवक्ता मोहनप्रसाद धिताल, दलित अधिकारकर्मी निर्मल नेपाली, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खेमराज वलीले विभेदको अन्त्य नभएसम्म मानवअधिकार सुरक्षित नहुने बताए ।
कार्यक्रममा एमनेष्टी इन्टरनेशनलका पूर्व अध्यक्ष रामशरण चौधरी, एमनेष्टी इन्टरनेशनलका अध्यक्ष मोहन सुनार, तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे, नेपाल प्रेस युनियनका उपाध्यक्ष नारायण खड्का,
ओरेककी कार्यक्रम अधिकृत दिपा धिताललगायतले मानव अधिकारका घटना अपत्यारिलो रुपले बढ्दै गएको बताए । ‘स्थापनाको २४ वर्ष मानवअधिकार ‘आन्दोलनमा नयाँ धार’ भन्ने मुल नाराका साथ समाजले आइतबार २४औँ स्थापना दिवस मनाएको हो ।
समाजका सभापति शरद रेग्मीको अध्यक्षता तथा नागरिक समाज दाङ सल्लाकार टिकाराम रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण सचिव निर्मला डिसीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *