माध्यमिक शिक्षा परीक्षा सुरू

फिचर मुख्य खबर
  • सांसददेखि सुत्केरीसम्म परीक्षार्थी

  • दाङमा १४६ परीक्षार्थी अनुपस्थित

दाङ, ११ चैत । यस वर्षको एसईई परीक्षामा आइतबारदेखि सुरु भएको छ । प्रदेश सरकारको ब्यवस्थापनमा पहलिो पटक भएको एसईईको परीक्षा शान्त र भयरहित वातावारण मै पहिलो दिन सम्पन्न भएको छ ।
परीक्षा दिने दाङमा पहिलो दिन डेढ सयजना विद्यार्थी अनुपस्थित देखिएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दाङले पहिलो दिन दाङबाट एकसय ४६ परीक्षार्थी अनुपस्थित भएको जनाएको छ ।
कार्यालयका सूचना अधिकारी अधिकृत देवमणि चौधरीले ५८ छात्र र ८८ र छात्रा अनुपस्थित भएको बताए । फाराम भरेका ११ हजार ६ सय ७२ जनामध्ये ११ हजार पाँचसय २६ जनाले मात्रै परीक्षा दिएका छन् ।
दाङमा नियमिततर्फ ११ हजार ९५, तह बृद्धिको लागि ३ सय ६९ जना र खुलाबाट दुईसय ८ जना, १ जना दृष्टिीविहीन पनि परीक्षामा सहभागी भएका छन् । यस बर्ष दाङको तुलसीपुर कारागारबाट एक कैदीबन्दीले परीक्षा दिएका छन् ।
सल्यानबाट तुलसीपुर कारागारमा सारिएका एक कैदीले कारागारबाटै परीक्षा दिएको कारागार प्रशासनले बताएको छ । दाङबाट ४४ वटा केन्द्रबाट एसईई परीक्षा भईरहेको छ । यस बर्ष दाङका ९१ सामुदायिक र ९२ संस्थागत विद्यालयहरु एसईई परीक्षामा सहभागी भएका छन् ।

सांसद चौधरी पनि परीक्षार्थी

प्र्रतिनिधि सभा सदस्य तथा नेकपाका सचेतक शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा दिएकी छन् । १८ वर्ष कम्लहरी बसेर पढ्न नपाएकी सांसद चौधरीले सांसद भइसकेपछि स्कुल पढन सुरु गरेकी थिइन् । शान्ताले आइतबारदेखि सुरु भएको एसईईको परीक्षामा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर परीक्षा केन्द्रबाट परीक्षा दिन थालेकी छन् ।
नेपाल कम्युनिष्ट पार्टीको सचेतक चौधरीले खुल्ला शिक्षाअन्तर्गत माध्यमिक शिक्षा परीक्षामा सहभागी भएकी हुन् । उनी दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको महेन्द्र माध्यमिक विद्यालयको खुल्ला शिक्षाअन्तर्गतको विद्यार्थी हुन् । उनकी छोरीले पनि यसै वर्ष एसईईको परीक्षा दिइरहेकी छन् ।

दाङमा नियमिततर्फ ११ हजार ९५, तह बृद्धिको लागि ३ सय ६९ जना र खुलाबाट दुईसय ८ जना, १ जना दृष्टिीविहीन पनि परीक्षामा सहभागी भएका छन् ।

सांसद शान्ता र उनकी १७ बर्षीया छोरी विनु चौधरीले एकैसाथ एसईई परीक्षा दिन सुरु गरेका हुन् । विनु काठमाडौँको आरुवारीस्थित सिर्जना बाल बोर्डिङबाट परीक्षा दिदै छन् । शान्ताका छोरा अनिल चौधरी जेभियर्समा कक्षा १२ मा अध्यनरत विद्यार्थी हुन् ।
सांसद चौधरीले बाल्यकालको सपना पूरा गर्न पढ्न सुरु गरेको भन्दै यो परीक्षासम्म आउदा सपना साकार भएको महसुस गरेको बताइन् । ‘मेरो जीवनमा पढाइको अभाव निकै खड्कियो थियो, उनले भनिन् त्यो पूरा गर्न पनि पढ्नै पर्ने भएर विद्यालय शिक्षा सुरु गरेकी हुँ, सकेपछि पिएचडीसम्मको अध्ययन गर्ने धोको छ ।
पढ्न, लेख्न र सिक्न उमेरले छेक्दैन’, शान्ताले भनिन्, मैले पनि त्यहि गरेको हो । ‘नतिजा कस्तो आउँछ त्यो अनुरुपले मेरो आगाडि यात्रा बढ्छ’, शान्ताले थपिन् ‘मेरो लक्ष्य त पिएचडी गर्ने नै छ ।’
घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीपुर निवासी ३८ वर्षीया चौधरीले गाउँकै मावि गोग्लीमा कक्षा ८ मा २ बर्ष अघि नाम लेखाएर अध्ययन थालेकी थिइन । नियमित विद्यालय जाने समय नभएपछि खुला विद्यालयमा भर्ना भएर एसईई परीक्षा दिन लागेको उनले बताइन् ।
दाङमा १ सय ८३ विद्यालयमा ११ हजार ४ सय ६४ जना विद्यार्थीहरु यस वर्षको एसईईमा सहभागी भएका छन् । जिल्लामा छात्रभन्दा छात्रा बढी रहेको शिक्षा विकास इकाई दाङले जनाएको छ ।
यसैबीच दाङमा एकजना १५ दिने सुत्केरी महिलाले पनि परीक्षा दिइरहेकी छन् । तुलसीपुुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडहर निवासी सुशीला भण्डारी १५ दिने छोरा काखमा राखेर परीक्षा दिइरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *