- Advertisement -spot_img
Monday, April 19, 2021
Homeफिचरमादकपदार्थले कुटपिटका घटना बढी

मादकपदार्थले कुटपिटका घटना बढी

- Advertisement -spot_img

दाङ, २८ असोज । मादकपदार्थ सेवनका कारण कुटपटिकका घटनाहरू बढी हुने गरेको पाइएको छ । प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ५ ले दिएको जानकारी अनुसार अधिकांश कुटपिटका घटनाहरू मादकपदार्थ सेवनकै कारण हुने गरेको देखिएको छ ।
दसैँ अवधिमा प्रदेश नम्बर ५ मा कुटपिटका घटनाहरू मादकपदार्थ सेवनका कारण कुटपिटका घटनाहरू बढी देखिएको प्रदेश प्रहरीले बताएको छ । विभिन्न बहानामा एकआपसमा कुटपिट र झै–झगडा गर्नेहरूको संख्या धेरै देखिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चाडपर्वलाई शान्त र सभ्य तरिकाले मनाउनका लागि विभिन्न सुरक्षा सर्तकता अपनाइएको भएपनि दसँै अवधिभर मादकपदार्थ सेवनकै कारण ११ वटा कुटपिटका घटनाहरू भएका छन् । असोज १२ देखि असोज २६ गतेसम्मको अवधिमा सबैभन्दा बढी कुटपिटका घटनाहरू बर्दिया र दाङमा भएको प्रदेश प्रहरीका प्रवक्ता नवराज पोख्रेलले बताए ।
दाङमा चारवटा कुटपिटका घटनाहरू भएका छन् भने बर्दियामा पनि चारवटा कुटपिटका घटना भएका छन् । अत्याधिक मात्रामा मादकपदार्थ सेवनगरी स–साना विषयमा झैझगडा गर्दा बियरका बोतल प्रहार, खुकुरी प्रहार, धारिलो हतियार, ढुङ्गा प्रहार गरी कुटपिट गर्दा विभिन्न जिल्लाका १२ जना गम्भीर घाईते भएका छन् भने कुटपिट गर्ने २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मादकपदार्थ सेवन गरी विनाकारण गालीगलौच गर्ने, अन्य व्यक्तिहरूलाई दुव्र्यवहार गर्ने, सर–सामान चोरी गर्नेलगायतका विभिन्न बहानामा कुटपिटका घटनाहरू बढेका छन् ।
जसमध्ये बाँकेमा १, नवलपरासीमा १ र अर्घाखाँचीमा १ वटा गरी जम्मा ११ वटा कुटपिटका घटनाहरू भएका छन् । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार मादकपदार्थ सेवन गरी रातको समयममा धारिलो हतियारको प्रयोग गरी कुटपिट गर्नेहरूको संख्या धेरै रहेको छ ।
गत असोज १२ देखि असोज २६ गतेसम्ममा प्रदेश नम्बर ५ का विभिन्न जिल्लाहरूमा चोरी, आगजनी, जबरजस्ती करणी, सिरिन्ज आक्रमण, जुवातास लगायतका विभिन्न घटनाहरूसमेत भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकको छ ।
चाडपर्वको समयमा कुनै पनि किसिमका घटना तथा दुर्घटनाहरू हुन नदिनका लागि प्रहरी प्रशासन, स्थानीय तह र सम्बन्धित निकायले सुरक्षा सावधानीका विषयमा नियमित चेकजाँच र अनुगमन गर्ने गरेको भएपनि व्यक्ति स्वयम् संयमित हुन नसक्दा यस्ता घटनाहरू बढ्दै गएको प्रहरीको भनाई छ ।

दशैँ अवधिमा ४१ लाख राजस्व

दसैँ अवधिमा प्रदेश नम्बर ५ मा ६ हजारभन्दा बढी सवारी चालकहरू कारवाहीमा परेका छन् । यस अवधिमा ट्राफिक नियमको पालना नगर्ने सवारी चालक कारवाहीबाट झण्डै ४१ लाख बराबरको राजस्व संकलन भएको छ ।
चाडपर्वको समयमा ट्राफिक नियमको उल्ल्ङघन गरी सवारी चलाउने ६ हजार ७ सय ६३ जना चालकहरू कारवाहीमा परेको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रदेश नम्बर ५ का १२ जिल्लामा नियम पालना नगर्ने सवारी चालकबाट ४० लाख ६० हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको छ ।
नियम उल्लंघन गर्नेमा मोटरसाइकल चालकहरूको संख्या सबैभन्दा धेरै रहेको छ । जसममध्ये २ हजार ३ सय ३९ वटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् ।
कारवाहीमा परेका मोटरसाइकल र स्कुटरबाट १४ लाख ५३ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, १ हजार ५२ बस, १२ सय ७७ जिप र कार, टेम्पो २ सय २३, ट्रक १४ सय ४९ र ट्याक्टर ४ सय २३ वटा कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here