मातृभाषासंग जोडिएको सिकाइ

समाज साहित्य

भाषा आयोगका अध्यक्ष डा. लबदेव अवस्थीले मातृभाषाको जगबाट नै सिकाइको सुनिश्चित भएको बताएका छन् । प्रादेशिक भाषा सांगोष्ठीमा अध्यक्ष डा. अवस्थीले मातृभाषाविना अन्य भाषाको विकास असम्भव रहेको बताए । उनले भाषाले पहिचान, परिचय र सभ्यता दिने भन्दै भाषाको संरक्षणले मात्रै अस्तित्व सम्भव रहने बताए ।
नेपाल भूगोलको हिसाबले सानो भएपनि भाषाको विविधताले ठूलो भएको उनले बताए । भाषासँगै मानव, संस्कृति र वातावरण जोडिएको भन्दै डा. लबदेव अवस्थीले तीनवटै असन्तुलित हुनेमा जोड दिए । उनले नेपालमा पछिल्लो समय विद्यालयमा अंगेजी भाषालाई प्राथमिकतामा राख्दै सिकाउने गरेको भन्दै मातृभाषालाई कमजोर पार्न खोजेको बताए । ‘नेपालीको कुरा नगरौँ अंग्रेजीमा सबै बोल्नुपर्छ भनेर विद्यालयमा विद्यार्थीलाई सिकाउने गरिएको छ’ उनले भने । मातृभाषा संरक्षणमा स्थानीय सरकारले जोड दिनुपर्ने उनको भनाइ थियो । पछिल्लो पुस्ता मातृभाषा नबोल्दा भाषा लोप हुने खतरा रहेको भन्दै भाषाको संरक्षणमा सबैको दायित्व हुने बताए ।
भूगोलको हिसावले सानो नेपाल भाषाको विविधताले धनी छ । तर पछिल्लो समय संस्कृति र पहिचान झल्काउने भाषाको संरक्षण र विकासमा ध्यान नजाँदा धेरै भाषा लोप हुने अवस्थामा पुगेका छन् उनले भने । नेपालमा भएका १ सय २३ भाषालाई सरंक्षण गर्दै खोज अनुसन्धानमा लागेको बताउँदै उनले बहुजातीय भाषाले भरिपूर्ण नेपालमा आफ्नो मातृभाषालाई जीवित राख्न सम्बन्धित समुदायले नै खासै ध्यान नदिने गरेको गरेको बताए । भाषाको संरक्षण हुन सकेमात्रै नेपालका अस्तित्व रहन्छ । भाषाको लिखत संरक्षण गर्नसकेमा पछिल्लो पुस्ताले आधार प्राप्त गर्छ उनले भने । बुझाई नभएर सिकाइ उपलब्धि हुँदैन् । सिकाइ उपलब्धिको लागि परिवेश आफ्नो बनाउन मातृभाषाको संरक्षणमा ध्यान जानुपर्छ डा. अवस्थीले भने । भाषाले पहिचान, परिचय र सभ्यता दिने भएकाले यसको संरक्षणमा लागेका छौँ उनले बताए ।

भाषासँगै मानव, संस्कृति र वातावरण जोडिएको भन्दै डा. लबदेव अवस्थीले तीनवटै असन्तुलित हुनेमा जोड दिए । नेपालमा पछिल्लो समय विद्यालयमा अंगेजी भाषालाई प्राथमिकतामा राख्दै सिकाउने गरेको भन्दै मातृभाषालाई कमजोर पार्न खोजेको बताए । ‘नेपालीको कुरा नगरौँ अंग्रेजीमा सबै बोल्नुपर्छ भनेर विद्यालयमा विद्यार्थीलाई सिकाउने गरिएको छ ।’


यसैबीच प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भाषाको विकाससँग मात्रै समृद्धि पूरा गर्न सकिने बताए । उनले विश्वमा राष्ट्रलाई चिनाउने भाषा भएको भन्दै भाषाको विकासलाई समृद्धिसँग जोड्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री पोख्रेलले भाषालाई सुरक्षित राख्नका लागि भाषा अन्वेषक मात्र नभई सबैको जिम्मेवारी रहेकोमा जोड दिए । उनले भाषाको लिखित इतिहास सानो भएको भन्दै भाषालाई लिखित रुपमा सुरक्षित राख्नसके इतिहासको खोजी गर्न सहज हुने बताए ।
त्यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बरालले भाषाको संरक्षणले संस्कृतिको इतिहास सुरक्षित गर्ने बताए । उनले नेपाल भाषिक विविधताले भरिपूर्ण भएको भन्दै सबै भाषाको सम्मान र संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।


पाँच नम्बर प्रदेशमा दोस्र्रोमा थारु मातृभाषा प्रयोग

प्रदेश नम्बर ५ मा धिमाल, बायीङ, हायु, मेवाहाङ, खाम्ची, कुर्माली, जोत्त सबैभन्दा थोरैले मातृभाषा परेको छ । धिमाल एकजना, बायीङ एकजना, हायु एकजना, मेवाहाङ एकजना, खाम्ची एकजना, कुर्माली एकजना र जोत्त भाषा पनि एकजनाले बोल्ने गरेको तथ्याङ्क छ । त्यस्तै तिलुङ, नाछिरिङ दुई÷दुईजनाले बोल्ने गरेका छन् । तिब्बती, थुलुङ, कुलुङ मातृभाषा तीन÷तीनजनाले बोल्ने गरेका छन् । प्रदेश नम्बर ५ मा बज्जिका, कुशुण्डा, हरियान्वी, आठपहरीया मातृभाषा चार÷चारजनाले बोल्ने गरेका छन् ।
त्यस्तै ताजपुरिया, लाप्चा, जिरेल र दुमि पाँच÷पाँचजनाले बोल्ने गरेको तथ्याङ्क छ भने अरबी र साम्पाङ छ÷छजनाले बोल्ने गरेका छन् । प्रदेश नम्बर ५ मा सातजनाले चिनियाँ मातृभाषा बोल्ने गरेको तथ्याङ्कले देखाएको छ । त्यस्तै थामी र चाम्लीङ आठ÷आठजनाले बोल्ने गरेको पाइएको छ । बैतडेली, ल्होमी र मगधी दश÷दशजनाले बोल्ने गरेका छन् । त्यस्तै खस मातृभाषा ११ जना, दैलेखी १४ जना, अरिया १५ जना, बान्तवा १६ जना, मुसलवान १७ जना, मेचे १८ जना, बराम २० जना, संस्कृत २१, जुम्ली २४, ह्योल्मो २५, घले २७, सिन्धी ३०, गन्गाई ३६ जना, राजवंशी ३६ जना बोल्ने गरेका छन् । त्यस्तै दनुवार ३८ जना, माझी ४४ जना, चेपाङ ४९ जना, दरै ६० जना, अछामी ८६ जना, असामी १५५ जना, अन्य १५६ जना, सुनुवार १५७ जना, उराव १७४ जना, पञ्जावी १८४ जना, याक्खा २४७ जना, सन्थाली २ सय ८८ जना, लिम्बु ३ सय ३८ जना, थकाली ३४९ जना, भुजेल ३५० जना, राजस्थानी ४७७ जनाले बोल्ने गरेका छन् ।
त्यस्तै सोनाह ५०३ जना, सांकेतिक ६३० जना, छन्त्याल ७ सय ९ जना, बंगला ७११ जना, राजी ७५७ जना, शेर्पा ७९९ जना, राई ८७५ जनाले बोल्ने गरेका छन् । त्यस्तै बोटे १ हजार ३ सय १८ जना, तामाङ २ हजार ४ सय ७४ जना, कुमाल २ हजार ८ सय ५८ जना, डोटेली ३ हजार १ सय ३१ जना, हिन्दी १५ हजार ५ सय ५३ , गुरुङ १५ हजार ९ सय ४५ , खाम १७ हजार ६ सय १४ , नेवार २६ हजार ४ सय ७१ , मैथेली ४३ हजार ९ सय २७, मगर १ लाख ९६ हजार ३ सय ३३, उर्दु २ लाख २८ हजार ४ सय १० जनाले बोल्ने गरेका छन् ।

सबैभन्दा धेरै नेपाली मातृभाषा २३ लाख ६४ हजार ५ सय ४६ जनाले बोल्ने गरेका छन् । १२ जिल्ला रहेको प्रदेश नम्बर ५ मा नेपालीपछि दोस्रोमा थारु भाषा धेरै बोल्ने गरेका छन् । थारु भाषा प्रदेश नम्बर ५ मा ५ लाख ६८ हजार ३ सय ५७ जना रहेका छन् ।


त्यस्तै सबैभन्दा धेरै नेपाली मातृभाषा २३ लाख ६४ हजार ५ सय ४६ जनाले बोल्ने गरेका छन् । १२ जिल्ला रहेको प्रदेश नम्बर पाँचमा नेपालीपछि दोस्रोमा थारु भाषा धेरै बोल्ने गरेका छन् । थारु भाषा प्रदेश नम्बर ५ मा ५ लाख ६८ हजार ३ सय ५७ जना रहेका छन् ।
त्यस्तै तेस्रोमा अवधी भाषा ४ लाख ९८ हजार १ सय ८० जनाले बोल्ने गरेको तथ्याङ्क छ । विसं २०६८ को जनगणना अनुसार भाषा आयोगले तयार पारेको पुस्तकमा ५ नम्बर प्रदेशमा चौथोमा भोजपुरी भाषा बोल्ने गरेका छन् । ३ लाख २६ हजार २ सय ६० जनाले भोजपुरी भाषा बोल्ने गरेका छन् भने अन्य नखुलेको भाषा बोल्नेको संख्या २ हजार ७ सय १४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *