मातृभाषाको महत्व

सम्पादकीय

नेपाल बहुभाषिक देश हो । यहाँ अस्तित्वमा आएका १ सय २३ प्रकारका मातृभाषाहरु नेपालमा प्रचलित छन् । नेपाली राष्ट्रि भाषा भए पनि विभिन्न जातजाति, भाषाभाषीका आफ्नै मातृभाषाहरु रहेका छन् ।
तर मातृभाषालाई बचाई राख्न र पुस्तान्तरण गर्न भने ठूलै समस्या देखिदै आएको छ । विद्यालय शिक्षामा औपचारिक भाषा राष्ट्रभाषा हँुदा धेरै बालबालिकाहरुमा सिकाइ उपलब्धिसमेत कमजोर देखिएको तथ्यले देखाउँदै आएका छन् ।
जनजाति समुदायका बालबालिकाकाहरुको सिकाइ उपलब्धि भाषाकै कारण समस्यामा परेको अर्थात् कमजोर भएको पाइएपछि बालबालिकाहरुको सिकाइ बढाउन विभिन्न निकायले मातृभाषालाई महत्व दिइरहका छन् भने त्यस्ता केही प्रयास पनि भएका छन् ।
विद्यालयको सिकाइलाई विभिन्न तत्वले प्रभाव पार्ने गर्छन् । सिकाइमा मातृभाषा नहुनु पनि महत्वपूर्ण तत्व भएको आँकलन गरिएको छ । यो वास्विकता पनि हो ।
पश्चिम दाङका केही जिल्लासहित दाङ थारु बाहुल क्षेत्र हो । यहाँ थारु समुदायलाई केन्द्रित गरेर गतिविधिहरु सञ्चालन हुने गर्दछन् । अन्य जातिभन्दा थारु केन्द्रित नै क्रियाकपाल भइरहेका छन् । कुल जनसंख्याको एक तिहाई थारु समुदायको बस्ती छ ।
अहिले थारु बालबालिकाको सिकाइको विकासका लागि थारु मातृभाषामा बालसाहित्य पुस्तकहरु अनुवाद गरिएको छ । थारु समुदायका भाषा विज्ञ र बौद्धिक व्यक्तिहरुको सहभागितामा एसिया फाउण्डेशनको सहयोगमा यो कार्य भएरहेको छ ।
विगतका २३ वटा मातृभाषामा पुस्तकहरु अनुवाद गरेर मातृभाषाको महत्व गराइ रहेको समयमा दाङमा दुईदिने कार्यशालाको आयोजना गरी थारु मातृभाषामा विभिन्न पुस्तकहरु अनुवाद गरिएको छ । त्यो अनुवादको अनुभव अहिले थारुभाषामा प्रयोग गरिदैछ ।
यो कार्यले थारु बालबालिकाहरुका मातृभाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने छन् । त्यो उनीहरुको सिकाइमा पनि देखिने विश्वास गर्न सकिन्छ ।
बालबालिकाको पहिलो पाठशाला घर र परिवार हो । परिवारमा मातृभाषा प्रयोग हुने र विद्यालयमा गए पनि राष्ट्रभाषाको प्रयोग हुँदा सिकाइमा समस्या पर्नु स्वभाविक मान्न सकिन्छ । त्यसलाई व्यवस्थापन गर्न र त्यसको विकल्पको भाषा भनेको मातृभाषा नै हो ।
जाति विशेषमा मातृभाषाहरुको संरक्षण गरे उनीहरुले आफ्नो मातृभाषालाई अनिवार्य प्रयोगमा ल्याउनसकेमा बालबालिकाको सिकाइ महत्वपूर्ण हुन्छ । ५ कक्षासम्म मातृभाषामै अध्ययन गर्नसकेमा सिकाइमा पक्कै पनि प्रभाव पार्छ ।
त्यसतर्फ शिक्षा सरोकारवाला र स्थानीय सरकराले पनि चासो देखाउनसकेमा मातृभाषाको संरक्षण पनि हुने र बालबालिकाहरुमा सिकाइ र बुझाइमा पनि प्रभाव पर्ने देखिन्छ । विद्यालयमा बालबालिकाले सिक्न र टिक्न पनि मातृभाषा आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *