माघीको शुभकामना

सम्पादकीय

माघीको रौनक बढिरहेको छ । थारु बस्तीहरुमा माघीको आफ्नै रौनक बढिरहेको छ भने अन्य जातिहरु रहेको बस्ती मकर संक्रातिले रौनक बढाएको छ । माघ १ गतेदेखि थारुको नयाँ वर्ष फेरिने हुँदा यसलाई माघी वर्षका रुपमा धुमधाम मनाउने गरिन्छ । अन्य जातिमा संक्रान्तिको आफ्नै महत्व देखाइन्छ । माघ १ गतेदेखि सूर्य धनुराशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । यहि समयदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले बिस्तारै दिन लामो र रात छोटो हुँदै जाने हुन्छ । सबै हिसाबले माद्दी र मकर संक्रान्तिको आफ्नै परम्परा र रितिरिवाज र संस्कृति रहेको छ । यसकै महत्वले ५ नम्बर प्रदेशको प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदाको समेत घोषणा गरेको छ । माघ १ र २ गते प्रदेशमा सार्वजनिक बिदा गरिएको छ ।
माघी पर्वका अवसरमा दाङका विभिन्न स्थानहरुमा माघी महोत्सव लागिरहेका छन् । पुस मध्यबाटै सुरु भएका मेला, महोत्सव माघमध्येसम्म जाने देखिन्छ । माघीकै अवसरमा दाङसहित देशका विभिन्न धार्मिक क्षेत्रहरुमा मेला, महोत्सवसहित धार्मिक कार्यहरु हुने गरेका छन् । दाङको बराहक्षेत्र बाह्रकुने, रिहारको बगारबाबा लगायत देशका विभिन्न धार्मिकस्थल देवघाट रिडीमा मेला, आयोजना गरिन्छन् । विभिन्न जातजाति, भाषाभाषीका नेपालीहरुले माघीलाई विभिन्न क्षेत्रमा भिन्न–भिन्न रुपले मनाउँदै आएका छन् । अधिकांश नेपालीले मीठो खाने, राम्रो लगाउने, इष्टमित्रबीच जमघट गरेर पौष्टिक आहारहरु तरुल, सख्खरखण्ड, तिलको लड्डु, चाकु, घिउ खाएर रमाइलो गर्ने चलन छ । त्यसो त मगर समुदायमा माघी पर्व अलि महत्वका साथ मनाइन्छ । मगरहरुले कला, संस्कृति, भेषभूषा संरक्षण तथा पुख्र्यौली परम्परा धान्न प्रत्येक वर्ष धनुषवाण हान्ने प्रतियोगिता चलाउने गर्दछन् । दाङमा पनि नियमित सञ्चालनमा भइरहेको छ । माघ १ गतेलाई थारुहरुले नयाँ वर्षको रुपमा मनाउँछन् । त्यसैले उनीहरुको सबैभन्दा ठूलो पर्व माघी हो । यसपालि पनि माघीको चहलपहल सबैभन्दा धेरै थारु बस्तीहरुमा देखिएको छ । वर्षभरि काम गरे पनि माघ महिनामा बिसाउने चलन थारु समुदायमा छ । माघीको दिन बिहानै स्नान गरी आपूmभन्दा ठूलाबडासँग आशीष लिने चलन थारु समुदायमा छ । जसले आपसी मेलमिलापलाई थप बलियो बनाउँछ । माघी पर्वमा पारिवारिक भेटघाट सबैभन्दा महत्वपूर्ण मानिन्छ । आगामीको वर्षमा योजनासमेत माघीमै बुनिन्छ । गाउँकै अगुवा चुन्ने विशेष समय पनि माघी नै हो । आफ्ना कला, संस्कृतिको उचित जगेर्ना गर्न वातारण सबैमा जावस् यस वर्षको माघी विकृतिमुक्त बन्न सकोस् सबैमा माघीको शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *