माग सुनुवाई नभए आन्दोलन

मुख्य खबर

तुलसीपुर, २ साउन । तुलसीपुर चेम्बर अफ कमर्शले आफ्ना मागको सुनुवाई नभए आन्दोलनमा जाने चेतावनी दिएको छ । आर्थिक बर्षदेखि लागू हुनेगरी सरकारले उद्योगी, व्यवसायी र नागरिकमाथि अव्यवहारीक कर थोपारेको भन्दै निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको हो ।
कमर्शका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले ढुवानीमा लागाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर तथा अग्रिम आयकर खारेज गर्नुपर्ने, खाद्यान्न वस्तुहरुमा लगाइएको मूल्य अभिवृद्धि कर र अग्रिम आयकर खारेज गर्नुपर्ने,
ज्यालादारी कामदारमाथि लगाइएको पाना नम्बरको अनिवार्यता खारेजी गर्नुपर्ने, बैंक ब्याजदर ७ देखि ९ प्रतिशतसम्म अनिवार्य कामय हुनुपर्ने, सामाजिक सुरक्षा कोषका केही प्रावधानहरु हटाइनुपर्ने, वाणिज्य कार्यालयमा फर्म नवीकरण नभई रहेका व्यवसायीहरुको अविलम्व नवीकरणको वातावरण सहज बनाई दिनुपर्ने लगायतका माग रहेका छन् ।
यसैबीच बैठकले देशभरका चेम्बर अफ कमर्शले उद्योगी, व्यवसायी र नागरिकको हकहितका पक्षमा थालेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउने निर्णयसमेत गरेको छ । उक्त अवसरमा प्रजातान्त्रिक उद्योग व्यवसायी संघका अध्यक्ष जनक खराल, चेम्बरका महासचिव प्रेमप्रकाश गिरीलगायतले धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *