Friday, March 29, 2024
Homeमुख्य खबरमहिला हिंसाविरूद्ध सचेतना ¥याली

महिला हिंसाविरूद्ध सचेतना ¥याली

- Advertisement -spot_img

घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. १४ मा महिला हिंसाविरूद्ध सचेतना ¥याली भएको छ । वडास्तरीय लैंगीक हिंसा न्यूनीकरण समिति महिला हिंसाविरूद्धको १६ दिने अभियानका क्रममा सचेतना ¥याली गरेको हो । घोराही उपमहानगरपालिका वडा नं.१४ को कार्यालयबाट सुरू भएको ¥याली बैंक रोड, बालमन्दिर, दामोदर चोक, मिलन चोक, बसपार्क, नयाँ बजार हँुदै लखनपार्कमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा आयोजित कार्याक्रममा बोल्ने सहभागीहरूले महिला हिंसा अन्त्य गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन् । समाजमा अहिले पनि महिलामाथि थुप्रै विभेद बढ्दो क्रममा रहेको बताउँदै त्यसको अन्त्यका लागि घरपरिवार समाजको महत्वपूर्ण भूमिका हुने कुरामा जोड दिएका हुन् । सभालाई सम्बोधन गर्दै नेकपा दाङका सचिवालय सदस्य पुनम सेर्पाइलीले समाज रूपान्तर नै अहिलेको मुख्य आवश्यकता रहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि एवं घोराही उपमहानगरपालिका वडा नं.१४ का अध्यक्ष शक्तिराम डाँगीले महिला हिंसा न्यूनीकरण गर्न महिला पुरूष दुबैको भूमिका बराबर हुने बताए । लिङ्गका आधारमा कुनै सानो ठुलो नहुने बताउँदै समाज परिवर्तनका लागि दुबैको उत्तिकै महत्व हुने उल्लेख गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here