Friday, March 29, 2024
Homeमुख्य खबरमहिला सामुदायिकको रजत महोत्सव

महिला सामुदायिकको रजत महोत्सव

- Advertisement -spot_img

घोराही, ५ असोज । नेपाल महिला सामुदायिक सेवा केन्द्र स्थापना भएको २५ वर्ष पूरा भएको छ । यो अवसरमा केन्द्रले २५आँै रजत महोत्सव तथा वित्तीय संस्थाको उद्घाटन गरेको छ । २०५० सालमा स्थापना भएको केन्द्रले महिलाहरुको सामाजिक तथा आर्थिक सशक्तिकरणको क्षेत्रमा काम गर्दै आईरहेको छ ।
विशेषगरी ग्रामीण क्षेत्रमा बसोवास गर्ने विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गरेर बचत गर्ने बानीको विकास गर्दै स्थानीय स्रोत परिचालन गरेर महिलाहरुलाई स्वालम्वनतर्फ अगाडी बढाउदै आएको छ ।
२०६० सालदेखि नेपाल राष्ट्र बैकबाट वित्तीय मध्यस्ताको कारोवार सञ्चालन गर्ने इजाजत प्राप्त गरी कारोवार सञ्चालन गर्दै आएको केन्द्रले शनिबार घोराहीमा रजत महोतसव तथा वित्तीय संस्था समुद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले उद्घाटन गरेका छन् । संस्थाको उद्घाटन गर्दै गभर्नर डा नेपालले पैसाको महत्व नबुझ्दा नेपालीहरु परनिर्भर हुन परेको बताए ।
‘पैसालाई कसरी उपयोग गरेर जीवनस्तरलाई अगाडि बढाउन सकिन्छ र सम्पन्न जीवन जीउनको लागि पैसा नै आवश्य पर्छ’ उनले भने ‘हामीले पैसाको महत्व नै वुझेका छैनौँ ।’ घर आँगनमै पैसालाई उपयोग गर्नुस् भन्दै वित्तीय संस्थाहरुमा आउँदा पनि त्यसको महत्व नवुझेर नै परनिर्भर बन्नु परेको उनले बताए ।
‘दुर्गम बस्तीमा पति वित्तीय संस्थाहरु जानु भनेको पैसा जानु हो’ हामीले यसलाई सदुपयोग गर्न नजानेर खाडी मुलुकमा पैसा कमाउनको लागि दुःख गरिरहेका छौँ ।’ पैसा कमाउनुभन्दा खर्च बढी भयो भने कहिले अगाडी नबढ्ने उनले बताए ।
‘सबैलाई धनी बन्ने रहर छ, सम्पन्न बन्ने मन छ तर हामीसँग पैसालाई कसरी उपयोग गर्ने भन्ने ज्ञान छैन’ उनले भने ‘घरआँगनमै आएको पैसालाई उपयोग नगरेर खाँडी मुलुकमा जानुपर्ने बाध्यता छ ।’
पैसालाई सिप सिकेर सहि सदुपयोग गर्न सुझावसमेत दिए । जुन सामान उत्पादन गरेपनि बिक्री हुन्छ, यस्तो राम्रो बजारमा पैसालाई प्रयोग गर्नुस्, परनिर्भर नबन्नुस’ उनले भने ।
गर्भनर डा. नेपालले महिलाहरुको मात्रै सक्रिय यो संस्थाको उद्घाटन गर्न पाउँदा खुशी व्यक्त गरे । जनताको पैसालाई सुरक्षा गरेर सुरक्षित ठाउँमा लगानी गर्न निर्देशनसमेत दिए । संस्थाको आर्थिक क्रियाकलापको सुक्ष्म तरिकाले हेर्नेसमेत जानकारी गराए । ‘सहि छ अगाडी बढाउन सहयोग गर्छौ, गलत भेटियो भने सच्याउँछौ’ उनले संस्थालाई हौसला दिदै भने ।
नेपाल राष्ट्र वैकका प्रदेश नं. ५ का राजेन्द्र भट्टराइले राष्ट्रिय बैंकले जारी गरेको नीति नियमलाई पालना गरेर लघुवित्त संस्था सञ्चालन गर्न सुझाव दिए । ‘माछा पालेर व्यवसाय सञ्चालन गर्नको लागि लगानी नगर्नुस्’ उनले संस्थालाई सुझाव दिदै भने ‘माछा पाल्ने सिपदेखि बजारीकरण छ कि छैन, त्यो पनि विचार गर्नुस् ।’ सिप नहुँदा र सिप भएपनि बजारीकरण नहँुदा लगानी डुव्न सक्ने उनले बताए ।
महिला सामुदायिक लघुवित्त, वित्तीय संस्थाका अध्यक्ष गीता गिरीको अध्यक्षतामा संस्थाको उद्घाटन गरिएको थियो । महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाका वरिष्ठ प्रवन्धक निर्देशक पवन योगीले नेपाल महिला सामुदायिक सेवा केन्द्रले सामाजिक परियोजनाअन्तर्गत भए गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।
सशक्तिकरण लागि शिक्षा सहयोग कार्यक्रम र शान्ति र विकासअन्तर्गत द्वन्द्व प्रभावित क्षेत्रमा सद्भाव कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराएका थिए ।
सामाजिक र आर्थिक सशक्तिकरणअन्तर्गत संस्थाबाट ४ लाख परिवार लाभान्वित भएका छन् भने संस्थाले ५ सय ५० द्वन्द्व प्रभावित टुहुरा विपन्न बालबालिकाको शिक्षामा लगानी गरेको वरिष्ठ प्रवन्धक निर्देशक योगीले जानकारी दिए ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रले २०६० सालदेखि लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएका छन् । प्रदेश नं. ५ का दश जिल्लाहरु दाङ, सल्यान, प्यूठान रोल्पा, रुकुम वाँके, बर्दिया, नवलपरासी, कपिलवस्तु र रुपन्देहीलाई कार्यक्षेत्र बनाएर २५ वटा शाखामार्फत कार्य गर्दै आएको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य अमरबहादुर डाँगी, संविधान सभा सदस्य राजु खनाल, तुलसीपुर उपमहनगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष लीला शाह, ज्योति ओझालगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाले सामाजिक क्षेत्रका चार दर्जन वढी महिला तथा पुरुषहरुलाई सम्मान गरेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका लोकमणि रेग्मी र मेनका गिरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here