महिला सहकारीहरुका लागि लेखा तालिम

मुख्य खबर समाज

गढवा, ३ फागुन । गढवा गाउँपालिकाको आर्थिक लगानी महिला तथा बालबालिका शाखाको आयोजनामा गढवा गाउँपालिकामा रहेका महिला सहकारी संस्थाका ब्यवस्थापक एवं कर्मचारीलाई प्रदान गरिएको पाँचदिने लेखा तालिम बिहीबार समापन गरिएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिमको समापन गरिएको हो ।
पाँच दिनसम्म सञ्चालन भएको उक्त तालिममा ११ वटा महिला सहकारी संस्थाका २४ जनाको सहभागिता रहेको गढवा गाउँपालिका महिला तथा बालबालिका शाखाका संयोजक जीवन कुमारी जिसीले जानकारी दिइन् । जनउत्थान सहकारी संस्था घोराहीका प्रशिक्षक जागेश्वर नेपालीले तालिममा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । तालिममा गढवा गाउँपालिका क्षेत्रका विभिन्न वडाहरुबाट बाघनाथ महिला, हिमाल महिला, चेतनशील महिला, गोधुली, ओम भलाई, अभियान बचत, समानता, प्रगति, नवस्वर्गद्वारी, उनको बचत र गढवा बचत गरी ११ वटा सहकारी संस्थाका महिलाहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रमको सञ्चालन गाउँपालिकाका महिला तथा बालबालिका शाखाका संयोजक जीवन जिसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *