घोराही, ७ असार । नेपाल ट्रेड युनियन कांग्रेस दाङले महिला समिति दाङ र युवा समिति दाङ गठन गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेस दाङले आयोजना गरेको जिल्ला परिषद समिति गठन गरेको हो ।
महिला समिति दाङको अध्यक्षमा सितादेवी शर्मा उपाध्यक्षमा सपना बोहरा, सचिव अस्मिता पोख्रेल, सहसचिव निशा गिरी, कोषाध्यक्ष तुलसा सुवेदी सर्वसम्मत रुपमा चयन भएका हुन्् ।
त्यसैगरी सदस्यहरुमा राधिका पन्थी, लक्ष्मी चौधरी, सुनिता रेग्मी, बन्दना बस्नेत, शान्ता अधिकारी, कविता शर्मा रहेका छन् । त्यस्तै नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला परिषदले युवा समिति दाङको अध्यक्षमा हरिबहादुर पुनमगर, उपाध्यक्षमा बेदबहादुर केसी, महिला उपाध्यक्षमा कुशुम थापा, सचिवमा टिकाराम गिरी, सहसचिवमा सन्देश खत्री, कोषाध्यक्ष थमबहादुर घर्तीमगर सर्वसम्मत रुपमा चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरु सन्दीप मजगैयाँ, बैद्यनाथ ठाकुर, विशाल चौधरी, दिनेश थापा, कल्पना पुन चयन भएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस दाङका अध्यक्ष तिर्थराज न्यौपानेको अध्यक्षतामा भएको जिल्ला परिषदमा नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले हरेक क्षेत्रको पेशागत हकहितको लागि ट्रेड युनियन कांग्रेसमा आवद्ध समितिले आवाज उठाउनु पर्ने बताएका थिए । संगठन बलियो भएमात्र सबैको पेशागत संरक्षण हुने हुँदा संगठनलाई बलियो बनाउन सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सचिव शंकरप्रसाद डाँगी, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष अमरबहादुर खड्का, नेपाल ट्रेड युनियन कांग्रेस दाङल निवर्तमान अध्यक्ष किशोर आचार्य, नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नम्बर ५ का उपाध्यक्ष युवराज बस्नेत, नेपाल यातायात मजदुर संघ अध्यक्ष पदम वली,
नेपाल घरस्थित श्रर्मिक संघका अध्यक्ष मनिकर्ण कँडेल, नेपाल स्थानीयस्तर कर्मचारी युनियन प्रदेश नम्बर ५ संयोजक झरेन्द्र खरेल, नेपाल ट्रेड युनियन कांग्रेस शान्तिनगर गाउँपालिकाका अध्यक्ष निमाकान्त कँडेल, दंगीशरण गाउँपालिकाका अध्यक्ष डम्मर बस्नेत, नेपाल शिक्षक संघका उपाध्यक्ष योगराज खत्री, निमा डिसी बस्नेत, पवित्रा डाँगीलगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष पूर्णबहादुर खत्रीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव श्रीधर शर्माले गरेका थिए ।
