- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeखेलकुदमहिला फुटबलमा आर्मी र एपिएफ फाइनलमा

महिला फुटबलमा आर्मी र एपिएफ फाइनलमा

- Advertisement -spot_img

घोराही, ११ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरीको एपिएफ पुगेका छन् । मंगलबार बेलझुण्डी रंगशालामा भएको खेलमा प्रदेश नम्बर ३ लाई शुन्यका विरुद्ध ६ गोलले पराजित गर्दै आर्मीले फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै दोस्रो खेलमा ट्राइब्रेकरमा नेपाल पुलिस क्लवलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । खेलमा आर्मीका शर्मिला थापा र कृष्णा खत्रीले २ र २ गोल गरेका थिए ।
जर्सी नम्बर ९ की थापाले पहिलो हाफको ३७ र ४० औं मिनेटमा लगातार गोल गरेकी थिइन् । जर्सी नम्बर १० की खत्रीले दोस्रो हाफको १५ र २२औँ मिनेटमा लगातार गोल गरिन् ।
जर्सी नम्बर १५ की बिमला चौधरीले पहिलो हाफको १०औँ र जर्सी नम्बर २३ की इन्दिरा राईले दोस्रो हाफको ३५औँ मिनेटमा गोल गरेका थिए । यसैबीच आर्मी र एपिएफले आज बेलझुण्डी रंगशालामा फाइनल खेल खेल्ने भएका छन् ।
दिउँसो ३ बजे फाइनल खेल हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । मंगलबार भएको सेमिफाइनल खेलबाट फाइनलका लागि दुई समूहले स्थान बनाएका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here