- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरमहिला पत्रकार

महिला पत्रकार

- Advertisement -spot_img

दिपा धिताल

पूरा दिन तनावको भारी बोकेर घर फर्किन्छु । भित्री मनमा जस्तोसुकै पीडाले घोचे पनि बाहिर हाँस्नुपर्छ मैले नत्र बाटोमा भेट हुने आफन्त साथीहरुले अनेक प्रश्नहरु बर्षाउँछन् त्यसबेला प्रश्नको जवाफ दिन निकै कन्जुस लाग्छ मलाई र चियाको चियापत्तीजस्तो फिक्का हाँसो हाँसीदिन्छु ।
जागीर खाना सजिलो छैन आफूले नगरेका अनेक गल्तीहरु पनि टाउकोमाथि थुपारेर चुपचाप हिड्नुपर्छ । उनीहरुसँग बाजिएर हिड्न मनले दिदैन मनले भन्छ सहेर बस्नुपर्छ हिम्मत जुट्छ ।
सही र गलत छुट्याउन मैले नी जानेको छु तर आफूभन्दा अगाडिसँग बाँझिन पनि मनले पटक्कै मान्दैन भन्छ सम्मान गरेर हिड् सत्यको जित हुन्छ जतिसुकै ठूलो सानो भएपनि ।
पत्रकारिताको जागीर बिहान छैन, दिउँसो छैन, साँझ छैन, भोक कहाँ छ, निन्द्रा कहाँ छ ? थाहा छैन । घरमा मुलढोका प्रवेश गर्नुभन्दा पहिले बाआमाका कुराहरु टन्न सुन्न पाइन्छ र अघाइन्छ त्यसमै खानै पर्दैन । कहाँ जान्छेस ?
के जागीर खान्छेस् त्यस्तो ? कति कमाउछेस् ? कहिल्यै एकदिन घर बस्नुछैन । सरकारी जागीर त बिहान १० बजे हिड्छन् साँझ ५ बजे फर्कन्छन् बिदा पनि हुन्छ तर खै तेरो के हो यस्तो जागीर ? सरकारीभन्दा त तलब बढी हुन्छ होला नी हैन ?
म भने उहाँहरुको प्रश्नको जवाफ दिन सधँै असमर्थ हुन्छु । म घरबाट हिडेको समय, कहिलेकाहिँ भोकै बसेको दिन, अनिदो बसेको रात सबै एकैपटक मनमा सल्बलाउँछन् जोख्छु तराजुमा एक÷एक गरेर उफ ! यसको मूल्य ५० प्रतिशत पनि आउँदैन ।
के जागीर खानु अझ भँुइको धुलो चाटेर सोफामा बसेर चौरासी ब्यञ्जन खाएको हस्ताक्षर पनि गर्नुपर्छ कहिलेकाहिँ, थुक्क जिन्दगी । मन शान्त पार्नलाई आफ्नो जिन्दगीलाई आफैले थुक्छु एकपटक ।
आमा भुँइमा पल्टिएर निन्द्रा देवीलाई पुकारी रहेकी छन् । म खाटमा पल्टिएर गणित र विज्ञानका सूत्रहरु घोकिरहन्छु । सोंच्छु जिन्दगी गणित, विज्ञानका सूत्रहरुभन्दा निकै जटिल छ । घोक्दै हिड्न पनि नमिल्ने । एउटा सूत्र घोक्यो, फेरी अर्को सूत्र नजिकै उभिदिन्छ मिनेट–मिनेटमा । आमा भन्छिन् ‘नानी यो जागीरले हुँदैन ? नामले मात्र जिन्दगी चल्दैन ? खाना दिदैन भोलिलाई पनि साँच्नु पर्छ ।
सरकारी जागीर खानेतिर लाग अब, अरु केही गर ।’ टेबुलमाथि राखेका र हेर्दै गरेका किताबहरु हेर्छु जिन्दगीभन्दा निकै ठूला छन् । फेरी यी त सीमित घेराभित्र मात्र बाँधिएका छन् । मलाई त सिङ्गो संसार देख्नु छ र सिङ्गो देश पढ्नु छ ।
म सीमित घेराभित्र मात्र घेरिएका किताबहरु पढेर कहिल्यै अघाउँदैन । धेरै बर्ष भए पाठशालाका अक्षरहरु घोक्दै हिड्न थालेको बाहिरी संसारमा कहिल्यै देख्न पाइन, कसैलाई चिन्न पाइन ।
त्यहि पाठशालाका अक्षरहरुसँग मात्र चिरपरिचित भए उनीहरुसँगै मितेरी गाँसेर हिडे । मनले मानेन अत्तालिए, छटपटिए कति ठाउँ बजारिए बाहिरी संसार देख्न मन लाग्यो आफूजस्तै साथीहरुसँग आत्मीयता गाँस्न मन लाग्यो । अनि हिडे बाहिरी संसारको यात्रामा । छोरी मान्छे घरबाट हिड्न निकै गाह्रो साहस जुटाएर हिड्न पर्ने यो गाउँघर आफन्त यो समाजको अगाडि अलि बाँधिएर हिड्न पर्ने ।

राम्रो पत्रकारिता गर्ने संघर्षशील, लगनशील बाटुली पत्रकारिताकै क्षेत्रमा काम गर्ने रहर हुँदाहुँदै पनि मिडियाले उचित पारिश्रमिक नदिएकै कारण र घरपरिवारको दवावकै कारण पत्रकारिता छोडिदिई । ऊ अहिले शिक्षिका भएकी छ । तर ऊ त्यो क्षेत्रमा रमाउन सकेकी छैन । उसलाई पत्रकारिताकै क्षेत्रमा लागेर समाज परिवर्तन गर्नुथियो तर सकिन ।

बाटोमा हिड्ने र भेटिने बटुवाहरुसँग जोगिएर हिड्नुपर्ने । कति लेख्नु, यो समाज यस्तै छ । जति स्वतन्त्रतामा हिड्न खोजे पनि जति नारी अधिकारहरु आए पनि नाराहरुमा, संविधानका धाराहरुमा झुन्डिए पनि महिला, छोरीहरुप्रति हेर्ने व्यवहार र साेंच्ने मानसिकता अझै बदलिएको छैन ।
समाजको अगाडि आडम्बर लिएर हिड्न पनि सकिदैन, यो समाजभन्दा बाहिर रहेर एक्लै बाँच्न पनि सकिदैन  । समाज पनि हामीले पढ्ने एउटा पाठशाला हो । राम्रोसँग पढेर त्यही समाजलाई परिवर्तन गराउने हामीे नै हो किन भाग्ने हामी यहि समाजबाट ।
आमाले भन्नुहुन्छ ‘नानी साँझ समयमा घर फर्कनु, बाबाले भन्नुहुन्छ अलि बाँधिएर हिड्नु, दाजुभाइ, दिदी–भाउजुहरुले भन्नुहुन्छ साहस आँट जुटाएर हिड्नु ।’
आफ्नो भने हिड्ने निश्चित समय छैन । कहिले साँझ अबेर फर्कनुपर्छ । कहिले बिहानै भालेको डाकोसँगै हिड्नुपर्छ । अझ महिलाहरुलाई पत्रकारिता गर्न निकै जटिल छ । सबै कुराहरुको सामना गरेर हिड्नुपर्छ ।
चमेली पत्रकारिताको क्षेत्रमा लोगेको धेरै भयो । उसले समाज परिवर्तनका लागि आफ्नो ज्यान दिनसमेत पछि पर्दैन । अन्याय, अत्याचार सहेर बसेका हिंसामा पिल्सिएका कति दिदीबहिनीहरुलाई न्याय दिलाई । त्यसैमाथि बुहारी मान्छे घरमा अबेर गए गाली खानुपर्छ ।
घरको सबै काम सकेर मात्र हिड्नु पर्छ । समाजको अनेक कुराहरुको लाल्छना झेल्नुपर्छ, सहनुपर्छ सुने पनि नसुने झै गरेर हिड्नुपर्छ । घरमा सधै तलब र पैसाको कुरा उठाउँछन् । बिचरी चमेली समाजको लागि उसले पैसा ठूलो कुरा ठान्दिन ।
आफू भोकै हिडेर भएपनि अरुलाई अघाउँछे । आफूले बगाएको उचित पसिनाको मूल्य दिदैन मिडियाले । मरिमेटी काम गर्छे । मिडियाले पुरुष र महिलालाई दिने उचित पारिश्रमिक पनि फरक छ । तर काम एकै गर्नुपर्छ ।
राम्रो पत्रकारिता गर्ने संघर्षशील, लगनशील बाटुली पत्रकारिताकै क्षेत्रमा काम गर्ने रहर हुँदाहुँदै पनि मिडियाले उचित पारिश्रमिक नदिएकै कारण र घरपरिवारको दवावकै कारण पत्रकारिता छोडिदिई । ऊ अहिले शिक्षिका भएकी छ । तर ऊ त्यो क्षेत्रमा रमाउन सकेकी छैन । उसलाई पत्रकारिताकै क्षेत्रमा लागेर समाज परिवर्तन गर्नुथियो तर सकिन ।

समाजको अनेक कुराहरुको लाल्छना झेल्नुपर्छ, सहनुपर्छ सुने पनि नसुने झै गरेर हिड्नुपर्छ । घरमा सधै तलब र पैसाको कुरा उठाउँछन् । बिचरी चमेली समाजको लागि उसले पैसा ठूलो कुरा ठान्दिन । आफू भोकै हिडेर भएपनि अरुलाई अघाउँछे । आफूले बगाएको उचित पसिनाको मूल्य दिदैन मिडियाले ।

बाटुली मात्र होइन धेरै महिला दिदीबहिनीहरुले पत्रकारिताको क्षेत्रलाई यसैगरी छोडीदिएका छन् । यसप्रति कसैको चासो देखिदैन कुरा भाषणमा मात्र सीमित हुन्छ । तर व्यवहारमा लागू हुँदैन अनि कसरी टिक्न सक्छन् महिला दिदीबहिनीहरु पत्रकारिताको क्षेत्रमा ? काम समान छ तर पारिश्रमिक छुट्याइन्छ अझै पनि । महिला र पुरुषमा यो समस्या अधिकाँश मिडियाहरुमा काम गर्ने महिला दिदीबहिनीहरुले झेल्नुपरेको छ ।
मनमा यस्तै कुराहरु साेंच्दै केलाउँदै केही कुराहरु कापीमा केर्दै बसेकी हुन्छु रातको बार बजिसक्यो निन्द्रा पटक्कै लाग्दैन । आमालाई फेरी निन्द्रादेवीले छोडीदिएकी हुन्छिन् र भन्छिन् नानी अझै निदाएकी छैनस् ? म केही बोल्दैन मनमनै भन्छु ‘आमा निदाउन त कहिल्यै नब्युझिने गरी निदाउन मन लाग्छ कहिलेकाहिँ तर मलाई यो समाजबाट हारेर हिड्न मन छैन ।’
आफूलाइ हैन जिताउनु छ एकदिन जसरी भएपनि यो समाजलाई । अनि यो समाजमा अझै पनि अन्याय, अत्याचार सहेर बसेका महिलाहरुलाई  ।
विचरा कति अरुलाई न्याय दिलाउँदै हिड्छन् । आफू अन्यायमा परेका छन् आखिर किन ? के स्वतन्त्र भएर हिड्न पाउने बाटो छैन हाम्रो ? हिड्ने बाटो एउटै हो, बस्ने घर एउटै हो, देश एउटै हो, परिवेश एउटै हो तर पनि महिलामाथि सोच्ने मानसिकता किन फरक छ ? किन बदलिन सकेको छैन ? हाम्रो समाजमा यो कुरा अब सबैले सोंच्ने बेला आएको छ ।
महिला र पुरुषले समान काम गर्ने तर पारिश्रमिकमा फरक छुट्याउने यो कुरा सम्बन्धित निकायले बुझोस् महिलाहरुले पत्रकारिता क्षेत्रमा टिकेर काम गर्न सक्ने अवस्था सिर्जना होस् । अरुको न्यायको लागि लड्ने आफू अन्यायमा बल्झिने यो दिन नआवस् ।
सोच्दा सोच्दै कल्पना सपना अनि जीवनको आधा बाटो पुगिसकेको रहेछु । दिनमा समयसँग संघर्ष गरेर हिडे पनि रातमा त सम्झौता गर्नैपर्छ । त्यत्तिकैमा कापी, किताबहरु टेबुलमाथि पन्छ्याउँदै निन्द्रादेवीलाई पुकार्दै सपनाको संसारमा हिड्छु …।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here