- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeखेलकुदमहिला तथा पुरुष ह्यान्डबल टोली भैरहवा प्रस्थान

महिला तथा पुरुष ह्यान्डबल टोली भैरहवा प्रस्थान

- Advertisement -spot_img

तुलसीपुर, १२ फागुन । प्रदेश नम्बर ५ स्तरीय महिला तथा पुरुष ह्यान्डबल छनोट प्रतियोगिता २०७५ मा भाग लिन दाङको खेलाडी टोली भैरहवा प्रस्थान गरेको छ । बृहत आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ को प्रदेश नम्बर ५ स्तरीय टिम तथा खेलाडी छनोटका लागि फागुन १२ देखि १४ गतेसम्म भैरहवामा सञ्चालन हुने प्रतियोगितामा भाग लिन २७ सदस्यीय खेलाडी टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको हो ।
महिलातर्फ अञ्जना मल्ल र पुरुषतर्फ पोषण सेन्चुरी क्याप्टेनसीप रहेको खेलाडी टोलीलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र कुमार शाह, तुलसीपुर उपमहानगरपालिकाका ईन्जिनियर पवन कुमार योगी, दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ, खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेत, खेलप्रेमी लगायतले संयुक्त रुपमा टिका लगाएर बिदाई गरिएको थियो । महिला टोलीमा क्याप्टेन अञ्जना मल्ल, सीता मल्ल, आशा गौतम, सविना जैसी, हिमालु रोका, मिना चन्द, लिला विक, प्रेमा विक, अनिशा रोका, मनिषा रोका रहेका छ्न् ।
त्यस्तै पुरुष टोलीमा क्याप्टेन पोषण सेन्चुरी, विपिन श्रेष्ठ, सन्तोष लामिछाने, डिलाराम पुन, सुरेश चौधरी, आयुष केसी, रविन ओली, रोहित ओली, प्रकाश बुढा, मदन भुसाल, सुनिल नेपाली र मोहन ओली रहेका छन् । त्यस्तै टोलीको अफिसियलमा पिताम्बर आचार्य, झपेन्द्र पौडेल र रेफ्रीमा मोहन केसी रहेका छन् । दाङको महिला ह्यान्डबल टोलीले आफ्नो पहिलो खेल आइतबार रुपन्देहीसँग खेल्नेछ । यसैबीच प्रदेश नम्बर ५ स्तरीय ह्यान्डबल प्रतियोगितामा भाग लिन जाने दाङको महिला तथा पुरुष ह्यान्डबल टोलीलाई एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ले २७ सेट ट्रयाकसुट र तुलसीपुर उपमहानगरपालिका कार्यालय खेलकुद सञ्चालन समितिले २७ सेट जर्सी प्रदान गरेको थियो । बिदाई कार्यक्रम दाङ जिल्ला ह्यान्डबल संघका उपाध्यक्ष पिताम्बर आचार्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्रकुमार शाहको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवन कुमार योगीको विशिष्ठ आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण ह्यान्डबल संघका सहसचिव संजय कुमार गुप्ताले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here