महिला जेसिजको सप्ताहव्यापी कार्यक्रम

मुख्य खबर

घोराही, १५ बैशाख । दाङ महिला जेसिजको सप्ताहव्यापी कार्यक्रमको सम्पन्न भएको छ । दाङ महिला जेसिजकी अध्यक्ष रेखा शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिक्देल न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति न्यौपानेले दाङ महिला जेसिजले समाजमा उदाहरणीय काम गरेको बताइन् ।
महिलाको व्यक्तित्व तथा नेतृङ्खव विकासमा दाङ महिला जेसिजले भूमिका खेलेको भन्दै आगामी दिनमा सामाजिक कामलाई निरन्तरता दिनुपर्ने बताइन्  ।
बैशाख ८ गतेदेखि शुरु भएको जेसिजको साताव्यापी कार्यक्रमको बालबालिकालाई सहयोग घैटाफोड प्रतियोगिता, नागरिक सुरक्षासम्बन्धी छलफल, खुल्ला साहित्य कार्यक्रम, बलात्कारविरुद्ध सडक नाटक लगायतका कार्यक्रमहरुको आयोजना गरेको थियो ।
कार्यक्रममा जेसिज पूर्व अध्यक्ष डोमा पाण्डे, महिला मानवअधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्य, लोकराज पराजुली, विमला शर्मा, नसिंङ संघका लक्ष्मी ढकाल, रेडियो स्वर्गद्वारीका समाचार सम्पादक बसुन्धरा गौतम, गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक सुलोचना गौतम, हरप्लेसका संयोजक विनोद केसीलगायतले बोलेका थिए ।
कार्यक्रम संयोजक जुन कुमारी बुढाले स्वागत गरेकी थिईन् भने कार्यक्रमको सहजीकरण महासचिव अनिता ढकालले गरेकी थिईन् जेसी नमा शर्माले आस्था पाठ गराएकी थिईन् भने कार्यक्रमको बारेमा मुल संयोजक जिबा भुसालले जानकारी गराएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *