महिला जेसिजको घैटा फोड प्रतियोगिता

खेलकुद

घोराही, ११ बैशाख । नेपाल महिला जेसिजले घैटाफोड प्रतियोगीता कार्यक्रमको आयोजना गरेको छ । दाङ महिला जेसिजको सप्ताहाव्यापी कार्यक्रमअन्तर्गत घैटाफोड प्रतियोगिता कार्यक्रमको आयोजना गरेको हो ।
दाङ महिला जेसिजकी अध्यक्ष रेखा शर्माको अध्याक्षता एवं खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोकाको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रोकाले यस्ता खेलहरुले समय–समयमा भैरहनुपर्ने बताए । सबैलाई समेटेर खेललाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
खेलमा उमेरको हदबन्दी नहुने र यसले सबै उमेर समूहका लागि स्वस्थ राख्न सहयोग पुग्ने हुनाले जीवनमा खेललाई प्राथमिकता दिन जरुरी भएको बताएका थिए ।
कार्यक्रम संयोजक बसन्ता भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुल संयोजक जिवा भुसालले कार्यक्रमको विषयबस्तु माथि प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा कोषाध्यक्ष नमा शर्माले जेसिज आस्था पाठ गराएकी थिइन् भने कार्यक्रमको सहजीकरण दाङ महिला जेसिजकी महासचिव अनिता ढकालले गरेकी थिइन् । घैटाफोड प्रतियोगितामा दर्जन बढी खेलाडीहरुको सहभागिता रहेको थियो ।
विभिन्न कार्यक्रम गर्दै दाङ महिला जेसिजको सप्ताहव्यापी कार्यक्रम बैशाख १४ गते शनिबार बाह्रकुने दहमा समापन गरिने मुल संयोजक जिवा भुसालले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *