महिलाहरुको कामको समीक्षा

मुख्य खबर

घोराही, ४ बैशाख । विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरुले आफ्नो कामको समीक्षा गरेका छन् । दिनहुँ आ–आफनो क्षेत्रमा व्यस्त रहने क्रियाशील महिलाहरुले नयाँ वर्षको अवसर पारेर आफ्नो कामको समीक्षा गरेका छन् । विभिन्न क्षेत्रका क्रियाशील महिलाहरुले आफ्नो कामको समीक्षा गरेका हुन् ।
पार्टीकी सचेतक एवं प्रतिनिधिसभा सदस्य शान्ता चौधरीको विशेष आयोजनामा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न राजनीतिमा क्रियाशील महिला, महिला अधिकारकर्मी, पत्रकार महिलाहरुले आ–आफ्नो कामको समीक्षा गरेका थिए ।
कार्यक्रमका बोल्ने विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरुले विभिन्न क्षेत्रमा आवद्ध भए पनि महिलाहरुको हकहितको लागि साझा एजेण्डा वनाएर अगाडि बढ्नुपर्ने बताएका थिए । आ–आफनो क्षेत्रमार्फत महिलाको मुद्दामा सबैको एउटा साझा आवाज हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा चौधरीले संसदमा महिलाहरुको पक्षमा धेरै आवाज उठाएको बताइन् । ‘एउटै मागलाई पटक–पटक दबाव दिनुपर्ने बाध्यता छ, एकै पटकमा सुनुवाई हँुदैन् ।’ उनले भनिन् ‘तर पनि महिलाहरुको हकहित र पक्षको लागि सधै लड्नै पर्छ ।’
चौधरीले महिलाहरु भिन्न पार्टी, भिन्न संघसंस्था, भिन्न परिवेश, जात, धर्मलाई छोडेर महिलाको मुद्दा र महिलाको हक अधिकारको लागि लड्नुपर्ने बताईन् ।
‘राजनीति विचारमा फरक हौंला’, ‘तपाईहरु साथ दिनुस् महिलाहरुको सचेतीकरण, सीप विकास, क्षमता विकास र महिलालाई संगठित गर्नको लागि जस्तोसुकै सहयोग गर्न तयार छु ।’ उनले सामाजिक क्षेत्रमा काम गर्ने महिलाहरुबीच एकआपसमा समन्वय हुनुपर्ने सुझाव दिईन् ।
नेपाली काँग्रेसकी कोषाध्यक्ष सावित्रा रानाले महिलाहरु अझै पनि राजनीतिक क्षेत्रमा नेतृत्व तहमा आउन नसकेको बताईन् । पार्टीका हरेक स्थानीय तहमा महिलाहरुलाई जिम्मेवार नदिएकाले सबै क्षेत्रका महिलाहरुले आवाज उठाउनु पर्ने बताईन् ।
कार्यक्रममा सञ्चारकर्मी बसुन्धरा गौतमले सञ्चारको क्षेत्रबाट महिलाको परिवर्तनमा भूमिका खेलेको बताइन् । उनले कोही पनि दिदीबहिनीहरु संकोच, कमजोरले पछाडि पार्ने हुँदा सही काममा सही निर्णय लिएर अगाडि बढ्न सुझाव दिईन् ।
कार्यक्रममा नेकपाकी नेता मेनका पोखरेल, नारायणी शर्मा प्रतिक्षा, पत्रकार शुलोचना गौतम, महिला अधिकारकर्मी हुमा डिसी, साजिदा सिद्दिकी, नेपाल पत्रकार महासंघकी सहसचिव शर्मिला डिसी, काँग्रेसकी नेतृ मञ्जु बज्राचार्य, सुशिला पौडेललगायतले नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता नभएको भन्दै यसलाई चिर्नको लागि महिलाहरुले एक भएर विरोधको कार्यक्रम गर्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण पत्रकार रीता लामाले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *