तुलसीपुर, ६ असोज । दाङको तुलसीपुरमा महिलाहरुलाई राजनैतिक जागरणका विषयमा प्रशिक्षण गरिएको छ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ दाङको आयोजना तथा तुलसीपुर नगर समितिको संयोजनमा महिलाहरुलाई एकदिने राजनैतिक प्रशिक्षण गरिएको हो ।
संघका नगर अध्यक्ष निमा रेग्मीको अध्यक्षतामा एकदिने प्रशिक्षण कार्यक्रम भएको हो । प्रशिक्षण कार्यक्रममा महिलाहरुलाई संघको इतिहास, संगठन, सम्पत्तिमा महिलाको समान अधिकार, विश्व दृष्टिकोणसम्बन्धी वैचारिक तथा राजनैतिक प्रशिक्षण गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जिसी, अखिल नेपाल महिला संघ दाङका अध्यक्ष पूर्णिमा आचार्य, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य शुक्रराज भण्डारी, किसान महासंघका कोषाध्यक्ष खिमानन्द खनाललगायतले महिला अधिकार रक्षाका लागि महिला राजनैनिक जागरण हुनुपर्ने, एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण संघका नगर सचिव शान्ता खनालले गरेकी थिइन् ।
