- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरमहिलाको कंकाल फेला

महिलाको कंकाल फेला

- Advertisement -spot_img

देउखुरी, १४ जेठ । देउखुरीको जंगलमा एक महिलाको कंकाल पेला परेको छ । गढवा गाउँपालिका वडा नम्बर ६ मा घोराहाकी ५० बर्षिया देवीकला विकको कंकाल फेला परेको हो ।
गत बैशाख २९ गते घरबाट हराएकी विक लामो समयसम्म घर नआउँदा आफन्तले खोजी कार्य गरिदिनका लागि गढवा प्रहरीमा जाहेरी दिएका थिए । आफन्तको जाहेरीपछि स्थानिय र प्रहरीको संयुक्त पहलमा खोजी गर्दासमेत फेला पर्न नसकेको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख गिरीराज भण्डारीले जानकारी दिए ।
सिर्जना सामुदायिक वनमा सोमबार स्थानीयले शव जंगलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा महिलाको टाउको मात्र भेटिएको प्रहरीले जनाएको छ । कपडाको आधारमा शवको पहिचान भएको थियो ।
मृतक विकका आफन्त, वडा नम्बर ६ का वडा अध्यक्ष बालचन्द्र हमाल ठकुरी, प्रहरी प्रमुख गिरीराज भण्डारीको रोहवरमा सोही जंगलमा दाहसंस्कार गरेको प्रहरीले बताएको छ । उनी बोल्न र कान सुन्न नसक्ने अविवाहित महिला हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here