Friday, March 29, 2024
Homeमुख्य खबरमहायज्ञ सफल पार्न भेटघाट र अन्तरक्रियाथत

महायज्ञ सफल पार्न भेटघाट र अन्तरक्रियाथत

- Advertisement -spot_img

गढवा, २ फागुन । पाण्डवेश्वर धाम धारापानी महायज्ञ सञ्चालन मुल आयोजक समितिले आगामी फागुन ११ गतेदेखि सञ्चालन गर्न थालेको श्रीमद्भागवत् सप्ताह तथा धनधान्याञ्चल ज्ञान महायज्ञ सफल पार्न भेटघाट र प्रचारप्रसारलाई तिब्र पारेको छ । बुधवार देउखुरीस्थित गढवा उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ, सिसहनिया उद्योग वाणिज्य संघ र देउखुरी उद्योग वाणिज्य संघ लमहीसँग भेटघाट तथा अन्तरक्रिया गर्दै निमन्त्रणासमेत गरेको मुल आयोजक समितिका संयोजक सावित्रा रानाले जानकारी दिइन् । पर्यटन महोत्सव तथा महायज्ञ फागुन ११ गतेदेखि सुरु भै १८ गतेसम्म सञ्चालन हुने र फागुन १३ गते महोत्सवलाई सम्बोधन गर्न नेपाल सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीको आगमन हुने निश्चित भै सकेको मुल आयोजक समितिका महासचिव विष्णुराम आचार्यले बताए । उक्त अवसरमा देश विदेशमा ख्यातीप्राप्त वाचन प्रविण पण्डित दिनवन्धु पोखे्रलले महायज्ञ अवधीभर प्रवचन दिने आयोजक समितिले जानकारी दिएको छ । मुल आयोजक समितिका अध्यक्ष सावित्रा रानाको अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यतामा गढवामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले धारपानीमा आयोजना गरिएको पर्यटन महोत्सवसहितको महायज्ञले समग्र राप्ती अञ्चलको पर्यटन विकासमा टेवा पु¥याउन सक्ने बताए । विश्वकै अग्लो त्रिशुल रहेको दाङको धारपानीमा हुने महायज्ञमा गढवा गाउँपालिकाको पूर्ण सहयोग रहने उनले बताए ।
कार्यक्रममा बोल्दै दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले समग्र दाङको पर्यटन विकासका लागि पर्यटन महोत्सवसहितको महायज्ञ सञ्चालन गर्न थालिएको र आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए । कार्यक्रममा गढवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष बालचन्द्र ठकुरी हमाल, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, चेतनशील महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी, गढवा बहुमुखी क्याम्पसका निमित्त अध्यक्ष रामप्रसाद गैरे, पूर्व क्याम्पस प्रमुख दिपक कुमार यादव लगायतले सल्लाह, सुझाव र अनुभवका बारेमा बताएका थिए । कार्यक्रममा बोल्दै महायज्ञका पारखी दिपक कुमार यादवले महायज्ञ तथा महोत्सव सफल पार्न धैर्यताका साथ अगाडि बढ्न सुझाव दिए । टोलीले भालुवाङ, सिसहनिया र लमहीमा पनि उद्योग वाणिज्य संघका पदाधिकारी, स्थानीय सरकारी गैरसरकारी निकाय र समाजसेवी बुद्धिजिवी तथा ब्यवसायीहरुसँग भेटघाट एवं अन्तरक्रिया गरेको मुल आयोजक समितिले जनाएको छ । महायज्ञमा फागुन ९ गते  घोराहीदेखि धारपानीसम्म मोटरसाइकल ¥याली, धारपानी धाममा बृहत सरसफाई, फागुन ११ गते बिहान ११ बजे शोभायात्रा, १ बजे समुद्घाटन गरिने आयोजकले जनाएको छ । यसैगरी महायज्ञमा पं दिनवन्धु पोख्रेलबाट दैनिक श्रीमद्भागवत प्रवचन, दान दाताहरुलाई सम्मान, एक हजार आठ शालिग्राम परिक्रमा, तुलादान, लक्ष्यवर्तिका प्रज्ज्वलन, रुद्री, ग्रहशान्ति, विवाह, ब्रतवन्ध, हरेक दिन साँझ सांगीतिक कथावाचन, भजनकीर्तन, धनधान्याञ्चल लगायतका दर्जनौ कार्यक्रम रहेको मुल आयोजक समितिले जनाएको छ । उक्त पवित्र र महान कार्यमा समग्र राप्ती अञ्चलको पर्यटन विकासका लागि साथ दिन महायज्ञ मुल आयोजक समितिले सरकारी गैरसरकारी निकाय, उद्योग वाणिज्य संघ, निर्माण ब्यवसायी, उद्योगी ब्यवसायीलगायत आम दंगाली जनतालाई अनुरोध गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here