महायज्ञमा ६४ लाख संकलन

फिचर मुख्य खबर समाज

घोाराही, १५ फागुन । विश्वकै अग्लो त्रिशुल रहेको धारपानी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले जारी महायज्ञमा दान गर्ने दाताहरु बढिरहेको मुल आयोजक समितिले जनाएको छ । महायज्ञको चौथो दिन मात्रै १५ हजार दर्शकले अवलोकन गरेका छन् । धारपानी धामको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा झापा, तनहुँबाट आएर पनि दान गरेका छन् । प्रदेश बाहिरवाट आउने आगन्तुकहरुले धारपानी धाम साँच्चिकै राम्रो रहेको प्रतिक्रिया दिएका छन् । धारपानीको मनमोहक परिदृश्य त्यसमा बनेका मठमन्दिरले अझै शोभायमान देखिएको झापाबाट आएकी भक्तदेवी बरालले बताईन् । त्यस्तै तनहँुबाट आएका अर्का भक्तले विश्वको अग्लो त्रिशुल हेर्न आएको बताए । उनले विश्वको अग्लो त्रिशुल दाङको धारपानीमा रहेको सञ्चार माध्यमबाट जानकारी पाएको बताए । सञ्चार माध्यममा चर्चा गरिएको भन्दा पनि धारपानी धाम निकै राम्रो भएको उनले बताए ।
महायज्ञको चौथो दिनमात्रै २२ लाख दान संकलन भएको श्रीमद्भागवत सप्ताह तथा धनधान्याञ्चल ज्ञानमहायज्ञ मुल आयोजक समितिले जनाएको छ । अहिलेसम्म ६४ लाख दान संकलन भएको पनि आयोजकले जनाएको छ । महायज्ञको चौथो दिन घोराही उपमहानगरपालिका–१५ भरतपुर निवासी प्रेमबहादुर वलीले ५ लाख बराबरको जग्गासहित ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ दान गरेका छन् । त्यस्तै घोराही–१५ की चन्द्रकला वलीले १ लाख ५१ हजार ५ सय ११, घोराहीका केशवकुमार आचार्यले १ लाख ५१ हजार ५ सय ५५ र घोराही–६ गुरुवागाउँका फनबहादुर घर्तीमगरले १ लाख १० हजार दान गरेका छन् । त्यसैगरी घोराही १२ हापुरका माधव न्यौपानेले ५५ हजार ५ सय ५५, दमक झापाकी देवी बरालले ३५ हजार ५ सय ५, एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ हजार ५, घोराही–१४ की टिकाकुमारी श्रेष्ठ विसीले २० हजार ५ सय ५५, घोराही–१८ का देवु खनाल, यमादेवी खनालले ३५ हजार ५ रुपैयाँ दान गरेका छन् । गढवा गाउँपालिका–८ कोइलाबासबाट नरेश अधिकारीले २० हजार ५ सय ५५, घोराही १४ झिगौराकी रुपा वलीले ३५ हजार ५ सय ५५ घोराही–१५ बाट जनार्दन गौतम, यमा गौतमबाट २० हजार १ सय ५, घोराही ९ अस्पाराका भुवनेश्वर गौतम हिमादेवी गौतमबाट १ लाख एक सय, घोराही १५ का हेमराज शाक्यले २१ हजार ५ सय ५५, घोराही १५ लोहासुरका कलाधर पौडेल उर्मिला पौडेलले २१ हजार १ सय ११ रुपैयाँ दान गरेका छन् । त्यसैगरी घोराही–४ डाँडागाउँका माधव देवकोटा, अम्विका देवकोटाले २० हजार ६ सय १५ र घोराही–१५ भरतपुरका फणाधर भण्डारी थमादेवी भण्डारीले २५ हजार ५ रुपैयाँ दान गरेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *