Friday, March 29, 2024
Homeफिचरमहायज्ञमा २८ लाख संकलन

महायज्ञमा २८ लाख संकलन

- Advertisement -spot_img

तुलसीपुर, ७ कार्तिक । आधुनिक धर्मशाला निर्माण तथा मन्दिरको स्तरोन्नतिका लागि सञ्चालन भएको महायज्ञमा २८ लाख रूपैयाँ संकलन भएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ बाँसगढीमा भएको महायज्ञको बुधबार समापन भएको हो ।
२९ असोजदेखि सुरू भएको महायज्ञ बुधबार समापन गरिएको भए पनि औपचारिक समापन भने आज गरिदैछ । महायज्ञ मूल आयोजक समितिका आर्थिक संयोजक नवीन कुमार पोख्रेलका अनुसार महायज्ञको अन्तिम दिनसम्मको गरी २८ लाख संकलन भएको हो ।
महायज्ञमा बुधबार अन्तिम दिनमा तुलसीपुर–१८ बिजौरी मुढेगाउँ निवासी नमादेवी गौतमले ५१ हजार ५ सय ५५, महायज्ञका मूलकर्ता राधिकादेवी आचार्यले ५० हजार १ सय ५५, तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीका ऋषिराज पोख्रेलले २५ हजार ५५ सहयोग गरेको आर्थिक संयोजक पोख्रेलले जानकारी दिए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका–१६ का जहदागाउँ निवासी लक्ष्मण पोख्रेलले २५ हजार १ सय ५५, तुलसीपुर उपमहानगरपालिका–१६ मधुसुदन पोख्रेलले २१ हजार ५ सय, तुलसीपुर–१९ बाँसगढीका मनोज कुमार पोख्रेलले २१ हजार १ सय १५ सहयोग गरेका छन् ।
मन्दिरमा आधुनिक धर्मशाला निर्माणार्थ सञ्चालन भएको महायज्ञ पूर्णरूपमा सफल भएको महायज्ञ मूल आयोजक समितिका संयोजक भाष्कर मजगैयाँले दाबी गरे । ग्रामीणस्तरमा सञ्चालन भएको महायज्ञमा पनि दानदाताको उल्लेख्य साथ र सहयोग पाएको उनले बताए ।
कालिका मालिका भगवती देवीस्थान मन्दिरको स्तरोन्नती गरी आधुनिक धर्मशाला निर्माण गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने संयोजक मजगैयाँले बताए ।
‘दानदाताको सहयोगले अब मन्दिरको स्तरोन्नति र आधुनिक धर्मशाला निर्माण गर्ने सपना पूरा हुनेछ’ उनले भने– ‘दाताको अपेक्षा चाँडै पूरा हुनेछ, केही दिनभित्र आय–व्यय सार्वजनिक गरी निर्माणको काम तत्काल अघि बढाउने छौँ ।’
महायज्ञको प्रमुख कथावाचकमा रामचन्द्र तिमल्सिना र उपवाचकमा १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमल्सिना रहेका थिए । यसैबीच महायज्ञको बुधबार समापन गरिएको छ । महायज्ञ मूल आयोजक समितिका अध्यक्ष मजगैयाँको अध्यक्षतामा तथा राष्ट्रिय सभा सदस्य कोमल वलीको प्रमुख आतिथ्यतामा महायज्ञको समापन गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here