महायज्ञमा २५ लाख संकलन

समाज

तुलसीपुर, २७ जेठ । चितवनको देवघाटमा अष्टधातु शिवमूर्ति निर्माण सहयोगार्थ तुलसीपुरमा जारी महायज्ञमा सोमबारसम्म नगद र जिन्सी गरी करिब २५ लाख बढी दान रकम संकलन भएको छ ।
महायज्ञमा सोमबारसम्म नगद, जग्गा, धातु गरेर करिब २५ लाख बराबरको दान संकलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष प्रमोद अधिकारीले बताए ।
महायज्ञमा दैनिकरुपमा नगदभन्दा पनि धातु दान गर्ने दाताहरु बढ्दै गएको उनले बताए । उनका अनुसार आइतबारमात्रै सुन, चाँदीलगायतका धातु संकलन भएको छ । महायज्ञमा सोमबार अष्टमीको अवसरमा विषेश पूजा–अर्चना गरिएको छ  ।
देवघाटमा निर्माण हुन थालेको शिवमूर्तिले पनि राष्ट्रको परिचय झल्काउने समेत बताए । देवघाट सबैको धरोहर भएको भन्दै महायज्ञबाट अपेक्षित रकम संकलन हुने विश्वास रहेको महायज्ञ मुल आयोजक समितिका संयोजक ललितबहादुर वलीले बताए ।
अरनिको मैदानमा सञ्चालन भइराखेको महायज्ञमा तीन करोड बेलपत्र, पूजाअर्चना, रुद्री, ग्रहशान्ति, चौरासी पूजा, व्रतवन्ध, लक्ष्यवर्तिकालगायतका कार्य हुने मुल आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *