- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसमाजमहायज्ञमा साढे ३३ लाख संकलन

महायज्ञमा साढे ३३ लाख संकलन

- Advertisement -spot_img

घोराही, १७ चैत । हापुर मावि रतनपुरमा जारी महायज्ञमा ३३ लाख बढी दान संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधिक शिक्षा सञ्चालनार्थ र पितृमोक्षका लागि घोराही १२ मा रहेको हापुर मावि रतनपुरमा आयोजना गरिएको ‘श्रीमद्भागवत, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञानमहायज्ञ २०७५’ ३३ लाख ४५ हजार दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।
महायज्ञको तेस्रो दिन शनिबारसम्म ३३ लाख ४५ हजार १ सय ७८ रुपैयाँ दान संकलन भएको आयोजक मूल समितिका संयोजक दिपक न्यौपानेले जानकारी दिए ।
जसमा घोराही उपमहानगरपालिका वडा नम्बर १० का टेकबहादुर डाँगीले १२ लाख बराबरको जग्गा, घोराही १० का दाहाल परिवारले १० लाख ५० हजार बराबरको जग्गा, घोराही–१२ का सरस्वती न्यौपानेले ५ लाख ५५ हजार बराबरको जग्गा दान गरे । यस्तै घोराही–११ का धुव्रराज गौतमले १ लाख ८ हजार ८ सय ८८, घोराही–१२ का नारायणप्रसाद पोख्रेल र सुशीला पोख्रेलले ५१ हजार १ सय १५, खनाल हार्डवेयर घोराही– १० का केशुराम खनालले ५५ हजार ५ सय ५५, घोराही १२ का शंकर गौतम र राधा गौतमले ५१ हजार १ सय १५, हिलेखर्क टोल विकास संस्थाले १० हजार १, हापुर बगियाका पदमप्रसाद खनालले १५ हजार १ सय ५५, घोराही–१२ का निघुराम भण्डारीले १५ हजार १ सय ५५, तुलसीपुर–१० अनिता पुरी र गणेश गिरीले १५ हजार ५ सय ५५, घोराही–१० का धनसिंह रोका र सुमिता पुरीले १५ हजार ५ सय ५५ रुपैया दान गरेका छन् ।
यसैगरी हापुर पतेनीका गंगाप्रसाद दाहाल र सीता दाहालले १८ हजार ५, घोराही–१० का अस्मीता न्यौपानेले १० हजार १ सय ५, घोराही–१२ का पोख्रेल पेदाली समाजले १० हजार १ सय छ, घोराही–१२ का गोविन्दप्रसाद दाहाल र शारदा दाहालले १० हजार १ सय ५, घोराही–११ का शिवराज देवकोटा र माला देवकोटाले १० हजार १ सय ५ रुपैयाँ दान गरेको प्रचारप्रसार समितिका काशिराम केसीले जानकारी दिए ।
महायज्ञमा शनिबारको प्रमुख अतिथिमा राष्ट्रिय सभा सदस्य कोमल वली रहेका छन् । आयोजक मूल समितिका संयोजक दिपक न्यौपानेको अध्यक्षतामा भएको महायज्ञमा शनिबार प्रमुख अतिथि वलीले ११ हजार १ सय ११ रुपैयाँ दान गरे । महायज्ञको मुख्य वाचकमा बालव्यास पण्डीत नारायण न्यौपाने रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here