महायज्ञमा विभिन्न धार्मिक कार्य

मुख्य खबर समाज

घोराही, १० भदौ । बौद्धिक अपाङ्गताहरुका लागि आवास निर्माण सहयोगार्थ घोराहीमा असोज १ देखि ९ गतेसम्म सञ्चालन हुने महायज्ञमा विभिन्न कार्यक्रमहरु हुने भएका छन् । प्रेरणाका लागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुइरेपानीमा निर्माण भईरहेको बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको आवासका लागि सहयोगार्थ सिद्धि विनायक सत्संग सेवा समिति नेपाल दाङको आयोजनामा हुने ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा विभिन्न कार्यक्रमहरु हुने आयोजक मूल समितिले जानकारी दिएको छ । जसमा तुलादान, भूमिदान, अन्नदान, धान्याञ्चल, नगद दान रहेका छन् । यस्तै विभिन्न कार्यक्रम एवं सेवाहरुका लागि रकम पनि निर्धारण गरिएको छ । कलशका लागि १ हजार १ सय ११ रुपैयाँ, ब्राह्मण भोजन एक दिनका लागि ५ हजार ५ सय ५५ रुपैयाँ, प्रसाद वितरण एक दिनका लागि ११ हजार १ सय ११ रुपैयाँ, आरति सेवाका लागि १ दिनको २ हजार ५ सय ५ रुपैयाँ रहेको आयोजक मूल समितिका सहसंयोजक सुशीला पौडेलले जानकारी दिइन् । विशेष पूजाका लागि एक दिनको २ हजार ५ सय ५ रुपैयाँ, ब्राह्मणवरणी १ दिनको ५ हजार ५ सय ५ रुपैयाँ, ब्रतबन्धका लागि २ हजार १ सय ११ रुपैयाँ, लक्ष्यवर्तिका दीप प्रज्वलनका लागि ५ हजार ५ सय ५५ रुपैयाँ, यज्ञ मण्डपमा पितृको फोटो स्थापनाका लागि २ हजार ५ सय ५ रुपैयाँ रहेको पौडेलले बताइन् । महायज्ञको हरेक दिन बिहान साढे ७ बजेदेखि हवन्, बिहान साढे १० बजेदेखि कथा वाचन र बेलुका ६ बजेदेखि महात्म्य कार्यक्रम हुने पनि सहसंयोजक पौडेलले जानकारी दिइन् । यसका साथै अन्य पूजाका लागि पूजा अनुष्ठा उपसमितिसँग सम्पर्क गर्न आयोजकले सम्पूर्ण भक्तजनहरुमा अनुरोध गरेको छ । महायज्ञको मुख्य आकर्षणमा १ सय ८ किलोको लड्डु, १ हजार ८ शालिग्राम परिक्रमा, १ हजार ८ कन्या पूजा र एक करोड दीप प्रज्ज्वलन रहेको महायज्ञका निर्देशक डा.भोलानाथ योगीले जानकारी दिएका छन् । यस्तै महायज्ञमा ११ हजारभन्दा धेरै दान गर्ने दाताहरुलाई ५४ दानाको रुद्राक्ष माला प्रदान गरिने पनि उनले जानकारी दिए । महायज्ञको कथावाचकमा राष्ट्रिय ख्यातिप्राप्त विद्वान् बालव्यास पण्डित कोमल उपाध्याय रहने जनाएको छ । १ सय ८ भागवत संकल्पकर्ता डिला पाण्डेको संकल्प अनुसार दाङमा महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *