महायज्ञमा तीन लाख रकम संकलन

समाज

हापुर (दाङ), १८ चैत । हापुर मावि रतनपुरमा जारी महायज्ञमा चौथो दिन आइतबार तीन नगद लाख दान रकम संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधिक शिक्षा सञ्चालनार्थ र पितृमोक्षका लागि घोराही–१२ मा रहेको हापुर मावि रतनपुरमा आयोजना गरिएको ‘श्रीमद्भागवत पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञानमहायज्ञ २०७५’ मा अहिलेसम्म ३३ लाख ४५ हजार दान रकम संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।
आइतबार ३ लाख ११ हजार ८ सय ६० रुपैयाँ नगद दान संकलन भएको आयोजक मूल समितिका संयोजक दिपक न्यौपानेले जानकारी दिए । जसमा घोराही–१२ का हुकुमबहादुर डाँगी र पूर्णकुमारी डाँगीले ६१ हजार १ सय ५ रूपैयाँ, घोराही–१२ का भरतराज गौतम र प्रीमा गौतमले १५ हजार १ सय १५, घोराही–११ का केशव न्यौपाने, कमल न्यौपाने र लक्ष्मण न्यौपानेले १५ हजार ५१, घोराही–१२ का देवमणी गौतम र विष्णा गौतमले ११ हजार १ सय ५५ रूपैयाँ दान गरेको महायज्ञ आयोजक मूल समितिका सहकोषाध्यक्ष डम्बर श्रेष्ठले जानकारी दिए ।
यस्तै राष्ट्रिय सभा सदस्य कोमल वलीले ११ हजार १ सय ५५, घोराही–१३ का देवका लम्सालले ११ हजार १ सय ११, घोराही–१२ का दुर्गा नेपाली र गोमा नेपालीले ११ हजार २५, घोराही–१५ का शान्ता लम्साल न्यौपानेले ११ हजार ५, घोराही–११ का वेदबहादुर बोहरा र मनकुमारी बोहराले १० हजार १ सय ५५, घोराही–१२ का मोहनलाल पुन र खगी पुनले १० हजार १ सय १५ र घोराही–१२ का सावित्रा गौतमले १० हजार १ सय ५ रूपैयाँ दान गरेको श्रेष्ठले जानकारी दिए । महायज्ञमा हालसम्म नगद र जिन्सी गरी ३६ लाख ४३ हजार ४ सय ७५ रूपैयाँ दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

महायज्ञका लागि निःशुल्क बस

मावि हापुर रतनपुरमा जारी महायज्ञसम्म पुग्नका लागि निःशुल्क बस सञ्चालन गरिएको छ । महायज्ञमा पुग्न भक्तजनहरूलाई सहज होस् भन्ने उद्देश्यका साथ नारायणपुरदेखि महायज्ञस्थल हापुर मावि रतनपुरसम्म निःशुल्क बस सञ्चालन गरिएको प्रचारप्रसार उपसमितिका सदस्य हेमराज गौतमले जानकारी दिए ।
बस बिहान ११ बजे नारायणपुरको सर्वेश्वरी मन्दिरबाट र बेलुका ५ बजे महायज्ञ स्थलबाट छुट्ने गरेको गौतमले जानकारी दिए । जसका लागि पशुपति विद्याश्रम नारायणपुरले बस सहयोग गरेको छ । महायज्ञका लागि गौतम जल सेवा घोराहीले खानेपानी सौजन्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *