महायज्ञमा चार लाख बढी संकलन

फिचर मुख्य खबर समाज

तुलसीपुर, ९ भदौ । तुलसीपुर उमहानगरपालिका–९ थर्कुडाँडामा जारी महायज्ञमा आइतबारसम्म ४ लाख बढी रकम संकलन भएको छ । मन्दिर तथा धर्मशाला निर्माणार्थ शनिबारदेखि शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा आइतबारसम्म ४ लाख बढी रकम संकलन भएको हो ।
महायज्ञमा आइतबारसम्म सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका–९ नयाँबस्तीका समाजसेवी धनबहादुर वलीले सबैभन्दा बढी रकम दान गरेका छन् । महायज्ञमा समाजसेवी वलीले २ लाख ५ रुपैयाँ सहयोग गरेको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।
त्यसैगरी महायज्ञमा तुलसीपुर उपमहानगरपालिका–९ थर्कुडाँडाका जेष्ठ नागरिक तथा समाजसेवी पिमलाल डाँगीले १ लाख ७५ हजार ११ रुपैयाँ, वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालले १० हजार ५, सोही ठाउँ निवासी विष्णुमाया पोख्रेलले ५ हजार १ सय सहयोग गरेका छन् ।
महायज्ञमा दैनिकरुपमा दानदाता बढ्दै गएको महायज्ञ मुल आयोजक समितिका संयोजक विनोद अधिकारीले जानकारी दिए । ‘महायज्ञमा दानदातहरुको संख्या बढ्दै गएको छ’ उनले भने ।
भद्रकाली मन्दिर तथा धर्मशाला निर्माणार्थ सञ्चालन भएको महायज्ञ आगामी भदौ १५ गतेसम्म सञ्चालन हुने मूल आयोजक समितिले जनाएको छ ।
धार्मिक, साँस्कृतिक तीर्थस्थलको रुपमा विकास गर्नका लागि मन्दिर तथा धर्मशाला निर्माण गर्न महायज्ञ सञ्चालन गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक अधिकारीले जानकारी दिए ।
महायज्ञबाट करिब ५० लाख संकलन गर्ने लक्ष्य रहेको उनले बताए । महायज्ञको कथा वाचकमा पण्डितद्वय रामचन्द्र तिमल्सिना र १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमल्सिना रहेका छन् ।
महायज्ञमा एक लाख भन्दा बढी दान रकम सहयोग गर्ने दानदातालाई बजार परिक्रममा गराइने भएको छ । महायज्ञमा १ लाखभन्दा बढी दान गर्ने दाता पिमलाल डाँगी र धनबहादुर वलीलाई सोमबार बजार परिक्रमा गराइन लागेको संयोजक अधिकारीले बताए ।
‘उहाँहरुलाई सोमबार विषेश रथयात्रासहित परिक्रमा गराउन लागेका छौँ’ उनले भने । लाखबत्ती जागराम, महात्म्य कथाका साथै भजनकीर्तनसमेत हुने मूल आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *