- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरमहायज्ञमा एक हजार आठ कन्याको पूजा गरिने

महायज्ञमा एक हजार आठ कन्याको पूजा गरिने

- Advertisement -spot_img

घोराही, ११ भदौ । बौद्धिक अपाङ्गताहरुका लागि आवास निर्माण सहयोगार्थ घोराहीमा असोज १ देखि ९ गतेसम्म सञ्चालन हुने महायज्ञमा एक हजार आठ कन्याहरुको पूजा गरिने भएको छ । प्रेरणाका लागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुईरेपानीमा निर्माण भईरहेको बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको आवासका लागि सहयोगार्थ सिद्दि विनायक सत्संग सेवा समिति नेपाल दाङको आयोजनामा हुने ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा एक हजार आठ कन्याहरुको पूजा गरिने आयोजक मूल समितिले जानकारी दिएको छ । महायज्ञको चौथो दिन असोज ४ गते एक हजार आठ कन्याहरुको पूजन गरिने मूल समितिका सहसंयोजक सुशीला पौडेलले जानकारी दिइन् । कन्याहरुलाई ओम आकारमा राखेर पूजा गरिने उनले बताइन् । जसका लागि घोराही क्षेत्रका विद्यालयहरुसँग समन्वय गर्ने तयारी गरिएको पौडेलले जानकारी दिइन् । यसैबीच महायज्ञका लागि गठन भएका उपसमितिहरुसँग छलफल कार्यक्रम सोमबार घोराहीमा सम्पन्न भएको छ । महायज्ञका लागि गठन भएका उपसमितिहरुले हालसम्म भएका कार्यहरुको बारेमा जानकारी गराएका थिए भने आगामी कार्यहरुको बारेमा पनि छलफल भएको थियो । महायज्ञको समय नजिकिदै गएकाले तयारीलाई थप तिब्रता दिने विषयमा पनि कार्यक्रममा छलफल भएको प्रचारप्रसार उपसमितिका संयोजक टेकबहादुर खड्काले जानकारी दिए । एक सय आठ भागवत संकल्पकर्ता डिला पाण्डेको संकल्प अनुसार दाङमा हुने महायज्ञको मुख्य कथावचकमा राष्ट्रिय ख्यातिप्राप्त विद्वान् बालव्यास पण्डित कोमल उपाध्याय रहने बताइएको छ । महायज्ञको हरेक दिन बिहान साढे ७ बजेदेखि हवन, बिहान साढे १० बजेदेखि कथा वाचन र बेलुका ६ बजेदेखि महात्म्य कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । यसका साथै अन्य पूजाका लागि पूजा अनुष्ठा उपसमितिसँग सम्पर्क गर्न आयोजकले सम्पूर्ण भक्तजनहरुमा अनुरोध गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here