महायज्ञबाट करिब डेढ लाख संकलन

फिचर

तुलसीपुर, २० जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मजुवास्थित ठूलाखालीमा मन्दिरको संरक्षण, सम्वद्र्धन तथा नमुना शिवालय मन्दिरको निर्माण सहयोगार्थ शनिबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आइतबार करिब डेढलाख दान संकलन भएको छ ।
महायज्ञबाट नगद र कलशबाट गरी डेढलाख दान संकलन भएको महायज्ञ मूल आयोजक समितिका संयोजक सुदिप खड्काले जानकारी दिए ।
आइतबार सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का लोकबहादुर वली र पुताला वलीले २० हजार १ सय ५ दान गरेका छन् । त्यस्तै सोही ठाउँ निवासी रामकली वली र दलबहादुर वलीले १० हजार ५५ नगद प्रदान गरेका गरे ।
धर्म संरक्षण एवं नेपालकै नमुना शिवालय मन्दिर निर्माणार्थ तथा मन्दिर स्तरोन्नतिका लागि आर्थिक संकलनार्थ महायज्ञको आयोजना गरिएको महायज्ञ मुल आयोजक समितिका संयोजक सुदिप खड्काले बताए ।
शनिबारदेखि शुरु भएको महायज्ञ जेठ २६ गते आइतबारसम्म सञ्चालन हुने महायज्ञ मुल आयोजक समितिले जनाएको छ । महायज्ञबाट करिब एक करोड संकलन गर्ने लक्ष्य रहेको छ ।
महायज्ञको कथावाचकमा नेपालकै ख्यातीप्राप्त पण्डित रामचन्द्र तिमल्सिना रहेका छन् । महायज्ञमा हरेक दिन भजनकीर्तन, झाँकी तथा नाटक प्रस्तुत गरिनुका साथै विभिन्न धार्मिक कार्यहरु चौरासी पूजा, लाखबत्ती, विवाह, व्रतबन्ध, व्रत सांगीता, भूमिदान, तुलादान, गौदान लगायतका कार्यहरु गर्न सकिने महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *