महायज्ञको सफल बनाउन छलफल

समाज

घोराही, २० पुस । श्रीमद्भागवत धनधाञ्याचल विराट नवाह ज्ञानमहायज्ञ एवं बराहक्षेत्र मावि शैक्षिक, धार्मिक तथा साँस्कृतिक महामहोत्सवको तयारी तिब्र रुपमा भईरहेको छ । बराह क्षेत्र माध्यमिक विद्यालय सेवार वनगाउँ दाङको पूर्वाधार विकास तथा प्राविधिक शिक्षालय स्थापनार्थ यही माघ ३ देखि ११ गतेसम्म हुने ज्ञानमहायज्ञ तयारी तिब्र रुपमा रहेको मुल आयोजक समितिका निर्देशक प्राध्यापक डा अर्जुन कुमार बुढाथोकीले जानकारी दिएका छन् । समितिका निर्देशक प्राध्यापक बुढाथोकीले महायज्ञको प्रचारप्रसार, सरोकारवालाहरुसँग छलफल तथा आर्थिक संकलकको विषयमा बैठक भईरहेको बताएका छन् । महायज्ञ मुल आयोजक समितिका निर्देशक प्राध्याक डा बुढाथोकी, संयोजक विमला योगी, सह–संयोजक कुलबहादुर घर्ती, विद्यालयकी प्रधानाध्यापक तथा दाता पहिचान तथा समन्वय उपसमिति संयोजक वाल्मी केसीले महायज्ञलाई सफल बनाउनको लागि घोराही उपमहानगरपालिकाका नगरप्रमुख, उपप्रमुख, विद्यालयका पूर्व विद्यार्थी लगायतका सरोकारवालाहरुसँग छलफल गरेका छन् ।
उनीहरुले बराहक्षेत्र माध्यमिक विद्यालय सेवार बनगाउँ दाङको पूर्वाधार विकास तथा प्राविधिक शिक्षालय स्थापनाको लागि महायज्ञमा सहभागी हुन र आर्थिक सहयोग गर्न सबैमा अपिल गरेका छन् । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिंग्देल न्यौपानेले महायज्ञ सञ्चालनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । प्राविधिक शिक्षाको लागि आयोजना गर्न लागेको महायज्ञले सकारात्मक कामको थालनी भएकाले आर्थिक पारदर्शी हुनुपर्ने बताएका थिए । यस्तै बिहीवार मुल आयोजक समितिले पूर्व शिक्षकहरुसँग भेटघाट गरेको सचिवालय संयोजक टेकबहादुर डाँगीले जानकारी दिएका छन् । महायज्ञ घोराहीको कर्मचारी मिलन केन्द्रमा युवा कथावाचक पण्डित बालयोगेश्वर महाराजले कथा वाचन गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *