- Advertisement -spot_img
Friday, April 16, 2021
Homeसमाजमहायज्ञको पाँचौ दिन साढे १२ लाख संकलन

महायज्ञको पाँचौ दिन साढे १२ लाख संकलन

- Advertisement -spot_img

घोराही, ८ माघ । घोराही उपमहानगरपालिका–१३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाउँको आयोजनामा घोराहीमा जारी महायज्ञमा साढे ३० लाख दान संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञानमहायज्ञ २०७५ को पाँचौ दिनसम्म ३० लाख ५९ हजार ८२ रुपैयाँ दान संकलन भएको छ । जसमध्ये पाँचौ दिन सोमबार १२ लाख ६९ हजार १ सय ३१ रुपैयाँ दान संकलन भएको महायज्ञका निर्देशक प्रा.डा.अर्जुन बुढाथोकीले जानकारी दिए ।
महायज्ञमा सोमबार बंगलाचुली गाउँपालिका कमिरेचौरका तेजबहादुर थापाले १ लाख २५ हजार १ सय ११ रुपैयाँ, घोराही–१३ का टिकाप्रसाद गिरीले १ लाख ११ हजार १ सय ११, घोराही–१३ का डुल्लु पोख्रेलले ७७ हजार ७ सय ७७, घोराही–१६ का हर्कबहादुर खत्रीले ५१ हजार १ सय ११, घोराही–१४ का रामधन श्रेष्ठले ५१ हजार ५, घोराही–१३ का मेहन्त गिरीले ३१ हजार १ सय ५५, घोराही–१५ का घनश्याम थापाले २५ हजार १ सय २५, मनोज गिरीले २५ हजार २५, राप्ती अञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले २५ हजार ५ सय ५५ रुपैयाँ दान गरेको आर्थिक समितिका सदस्य केशव गिरीले जानकारी दिए । महायज्ञमा आइतबारको प्रमुख अतिथि संविधानसभा सदस्य राजु खनाल रहेका थिए ।
महायज्ञको छैठौ दिन मंगलबार कथामा रहेको भगवान् राम र सीताको विवाह एवं भगवान कृष्णको जन्मोत्सवलाई झाँकीको माध्यमबाट प्रस्तुत गरिने भएकाले सो झाँकी अवलोकन गर्नका लागि आयोजकले सम्पूर्ण भक्तजनहरुमा अनुरोध गरेको छ । साथै कृष्णको जन्मोत्सवको अवसरमा भक्तजनहरुलाई प्रसाद वितरण गरिने भएकाले पनि प्रसाद ग्रहण गर्नका लागि उपस्थित हुन सम्पूर्णमा आयोजक मूल समितिले अनुरोध गरेको छ ।

जेष्ठ पूजन एवं महिला विशेष कार्यक्रम हुने

महायज्ञमा महिला विशेष कार्यक्रम हुने भएको छ । महायको साताँै दिन बुधबार महिला विशेष कार्यक्रम हुने मूल समितिका संयोजक विमला योगीले जानकारी दिइन् । महिलाहरुको विषयमा छलफल गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । विभिन्न क्षेत्रका महिला नेतृत्वहरुको सहभागितामा छलफल कार्यक्रम महायज्ञस्थलमा हुने योगीले जानकारी दिइन्  । साथै सोही दिन महायज्ञमा आउने जेष्ठ नागरिकहरुलाई पूजन कार्यक्रम हुने भएको छ । महायज्ञमा उपस्थित ६० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई पूजन गरिने मूल आयोजक समितिले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here