- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरमहायज्ञको तयारी तीब्र

महायज्ञको तयारी तीब्र

- Advertisement -spot_img

घोराही, २७ पुस । बराहक्षेत्र माध्यमिक विद्यालयको भौतिक पूर्वाधार सुुधार तथा प्राविधिक शिक्षा सञ्चालनका लागि सहयोगार्थ हुुन लागेको महायज्ञको तयारी तीब्र पारिएको छ । घोराही उपमहानगरपालिका–१३ सेवार वनगाउँमा रहेको विद्यालयले यही माघ ३ देखि ११ गतेसम्म सञ्चालन गर्न थालेको महायज्ञको तयारी तीब्र परिएको हो ।
महायज्ञ सफल बनाउन दाताको पहिचान, विभिन्न शिक्षासँग सरोकावाला संघ भेटघाट एवं प्रचार प्रसार तीब्र पारिएको महायज्ञ मुल आयोजक समितिका संयोजक विमला योगीले जानकारी दिएकी छन् । महायज्ञ सञ्चालनका लागि घोराहीको कर्मचारी मिलन केन्द्र महायज्ञस्थल सरसफाई अन्य कामहरु भईरहेको उनले बताइन् । मुुल आयोजक समितिले घोराहीमा पत्रकार भेटघाट गरेर शिक्षाको विकासका लागि महायज्ञ सफल बनाउन सबैमा आग्रह गरेको छ  । पत्रकार भेटघाटमा विद्यालयका प्रधानाध्यापक बाल्मी केसी, प्रधानाध्यापक अर्जुुनकुुमार बुुढाथोकी, महायज्ञ उपसमितिका सञ्चार संयोजक विष्णुु आर्टले महायज्ञ सफल गर्न सबैमा आग्रह गरेका हुन् ।
महायज्ञमा सहयोग गर्नुपर्छः श्रेष्ठ
यसैबीच प्रदेश नम्बर ५ का सभासद अर्जुनकुमार श्रेष्ठले बराहक्षेत्र माध्यमिक विद्यालय सेवार बनगाउँ दाङको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा स्थापना गर्नको लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् । महायज्ञ सल्लाहकार समितिको बैठकका प्रमुख अतिथि श्रेष्ठले ढिलै भएपनि विद्यालयमा प्राविधिक शिक्षा स्थापना गर्ने आएको योजनालाई सबैले सहयोग गर्नुपर्ने बताए ।  ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयलाई शैक्षिकस्तर बढाउन र प्राविधिक शिक्षा स्थापना गर्न तनमन र धन लगाएर सबै अगाडि बढ्नुपर्ने बताए । विद्यालयमा प्राविधिक शिक्षा स्थापना गर्नको लागि आफूले सहयोग गर्ने बताए । बैठकमा वडा नं १५ का वडा अध्यक्ष रमेश पाण्डेयले महायज्ञ सफल बनाउनको लागि हरेक तहवाट सहयोग गर्ने बताए । प्राविधिक शिक्षाको लागि संचालन गर्न लागिएको महायज्ञलाई सभ्य र खर्चरहित हुन सुझाव दिदै वडा नं. १५ ले कहाँ कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा आफू संवेदनशील भएको बताए । वडा नं. १३ का वडा अध्यक्ष तथा महायज्ञ सल्लाहकार समितिका संयोजक रविलाल घर्ती मगरको अध्यक्ष एवं प्रदेश नम्बर ५ का प्रदेश सभासद अर्जुन कुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा वडा नं १५ का अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा बैठक भएको हो । बराहक्षेत्र मावि सेवार वनगाउँको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षालय स्थापनार्थ हुने ज्ञानमहायज्ञको सभ्य, भव्यरुपमा सम्पन्न गर्नको लागि सल्लाहकारहरुको बैठक बसेको थियो ।
बैठकमा महायज्ञका निर्देशक प्रा.डा अर्जुनकुमार बुढाथोकीले महायज्ञको वारेमा जानकारी गराएका थिए भने विद्यालयका प्रअ वाल्मी केसीले महायज्ञ सफल बनाउन र आर्थिक सहयोग गरेर प्राविधिक शिक्षालय स्थापना गर्न सबैमा अनुरोध गरेकी थिइन् । बैठकमा रद्योग वाणिज्य संघका प्रदेश नम्बर ५ का उपाध्यक्ष हेमराज वञ्जाडे, महेन्द्र बहुमुखी क्याम्पसका निमित्त प्रमुख सुदर्शन रिजाल, महिला समाजसेवीहरु राधा आचार्य, दुर्पदा न्यौपाने, कशौधन समाजका अध्यक्ष विष्णुुकुमार गुप्ता, उद्योग वाणिज्य संघको पूर्व उपाध्यक्ष हुमाकान्त अधिकारी, व्यवस्थापन समितिका सदस्य कमानसिंह भारतीलगायतले मन्तव्य व्यक्त गरेका थिए । बैठकको सहजीकरण महायज्ञ उपसमितिका संयोजक गोपाल भुसालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here