- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरमहरालाई केन्द्रीय योजनाको लिष्ट

महरालाई केन्द्रीय योजनाको लिष्ट

- Advertisement -spot_img

तुलसीपुर, चैत्र ४ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सभामुख कृष्णबहादुर महरालाई तुलसीपुर क्षेत्रका केन्द्रीय योजनाहरु बुझाएका छन् । नगरप्रमुख पाण्डेले आगामी आर्थिक बर्षको वजेटमा योजनाहरु समावेश गर्नका लागि आग्रह स्वरुप योजनाहरु पेश गरेका हुन् ।
नगरप्रमुखको कार्यकक्षमा भएको भेटघाटमा सभामुख महराले यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सबै सभासदहरुसँग छलफल गरेर महङ्खवपूर्ण योजनाहरुलाई बजेटमा समावेश गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
‘यहाँले प्रस्तुत गर्नुभएका योजनाहरुप्रति म आजदेखि नै पहल गर्नेछु’ सभामुख महराले भने । उनले मदन भण्डारी राजमार्गको सवालमा केन्द्रमा निर्णय नभएको बताउँदै जुन ठाउँमा राजमार्ग भएपनि अर्को ठाउँलाई बेवास्ता नगरिने बताए । ‘दाङलाई राजमार्गले छोए रोल्पामा नयाँ राजमार्गको विकल्प निकाल्ने र रोल्पामा नयाँ राजमार्गले छोए दाङमा नयाँ राजमार्गको विकल्प निकालिने छ’ महराले भने ।
उनले विमान स्थलको धावनमार्ग विस्तारका साथै इन्धन डिपोका लागि समेत पहल गर्ने बताए । ‘सामान्य कारणले इन्धन डिपो आउन सकेको छैन तत्काल त्यसको स्थापना हुनेछ’ महराले आश्वस्त पारे ।
उनले तुलसीपुर उपमहानगरले योजना कार्यान्वयनको माग गर्दै अन्य स्थानीय तहभन्दा पहिले नै योजना बुझाएकोमा खुसी व्यक्त गर्दै सभामुख महराले यहाँको योजनामा सबैको सहमति जुटाउन पहल गर्ने बताए ।
नगरप्रमुख पाण्डेले तुलसीपुर प्रशासनिक हिसावले कुनै पनि केन्द्रका रुपमा नरहेको बताउँदै अन्य क्षेत्रभन्दा यहाँको विकासमा ध्यान दिन महरालाई आग्रह गरेका थिए । ‘संघीयताका कारणले तुलसीपुर अञ्चल सदरमुकामसमेत रहेन यस्तो अवस्थामा प्रशासनिक दृष्टिले हुने विकास हुने आधारसमेत शुन्य छ’ प्रमुख पाण्डेले भने ।
तुलसीपुर उपमहानगरको ५३औँ कार्यपालिकाको बैठकले केन्द्रमा बुझाउनका लागि ४१ वटा ठूला प्रकृतिका योजना पारित गरेको थियो । कार्यपालिकाको बैठकले स्मार्ट सिटी परियोजनाका साथै वहुप्राविधिक शिक्षालयको स्थापना, सभागृह निर्माण, बृहत चक्रपथ निर्माण, खानेपानी आयोजनालगायतका योजनाहरु पारित गरेको नगर प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here