- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरमल उपलब्ध गराउन आग्रह

मल उपलब्ध गराउन आग्रह

- Advertisement -spot_img

घोराही, २ साउन । नेपाली काँग्रेस दाङले किसानलाई मल उपलब्ध गराउन माग गरेको छ । कांग्रेसको बिहीबार घोराहीमा बसेको बैठकले खेतीको समयमा किसानहरुले मलका कारण धान रोप्न नपाएको भन्दै जतिसक्यो चाँडै सहज रुपमा किसानहरुलाई मल उपलव्ध गराउन सरकारसँग कांग्रेस दाङले माग गरेको हो । किसानको समस्या बुझ्न कांग्रेस दाङको सरकारलाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस दाङका जिल्ला सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले वाढी पीडितलाई राहतसँगै जिल्लामा देखिएको पेट्रोलियम पदार्थको अभावलाई हटाउनसमेत माग गरेको छ ।
जिल्लामा पेट्रोलियम पदार्थको अभावका कारण सवारीसाधन चलाउन नसक्ने अवस्था आएको भन्दै सहजरुपमा यातायातका सवारी साधन सञ्चालनका लागि जिल्लामा सहज उपलब्ध गराउन बैठकले माग गरेको नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिए ।
वर्तमान सरकार विकासका नाममा बजेट सक्ने मात्र काम गरेको र अहिले संघीय सरकार आफै भष्ट्राचार र बेतिथि लुकाउने काममा लागेको भन्दै त्यसका विरुद्ध सम्पूर्ण नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु एकजुट भएर लाग्नसमेत बैठकले आग्रह गरेको छ ।
त्यस्तै कांग्रेस दाङले यही साउन ६ गते महामानव विश्वेश्वर कोइरालाको सम्झनामा पश्चिम दाङको शान्तिगर गाउँपालिकाको वडा नं. ३ मा वृक्षारोपन गर्ने निर्णय गरेको जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिए । बैठकमा संगठन सृदृढीकरण लगायतका विषयमा समेत छलफल गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here